काठमाडौ÷ सरकारी सम्पत्तिको दुरुपयोग कुन हदसम्म हुन्छ भन्ने थाहा पाउन मधेशी निजामती कर्मचारी मञ्चको व्यवहार हेरे थाहा हुन्छ । मञ्चलाई सरकारले निशुल्क जग्गा दिएको थियो संगठनको भवन बनाउनका लागि । त्यसरी सरकारी सम्पत्तिमा बनाएको भवन अहिले मञ्चले आपूm आवद्ध राजनीतिक दल राजपाको केन्द्रीय कार्यालयका लागि दिंदैछ भन्ने खबर छ । बबरमहलस्थित सरकारी जग्गामा रहेको मञ्चको घर सा“ढे २ तलाको छ । त्यसमा रहेका १० वटा कोठामध्ये ८ वटा कोठा राजपाले प्रयोग गर्नेछ । माथिल्लो तलाको बा“की दुईवटा कोठामा भने मञ्च आफैले कार्यालय राख्नेछ ।
व्यापारिक प्रयोजनका लागि समेत प्रयोग गर्न नपाईने सरकारी जग्गाको भवन राजनीतिक दललाई प्रयोग गर्न दिन हुने कि नहुने भन्ने विवाद सुरु भएको छ । त्यसमाथि उक्त भवन राजपालाई निशुल्क दिएको छ । मञ्चका अध्यक्ष विनोद सिंह र राजपाका अध्यक्ष महन्थ ठाकुरबीच भाडामा सहमति हुने हल्ला पनि गरिएको थियो र मासिक एक लाख भाडामा दिने पनि भनिएको थियो । तर, उक्त भवन निशुल्क दिएको स्रँेतको दावी छ । राजनीतिक प्रयोजनका लागि यसरी घर भाडामा दिने हो भने उक्त संगठनलाई सामान्य प्रशासन मन्त्रालयले कारबाही गर्नुपर्ने तर्क कर्मचारी वृत्तमा चलेको छ । र, राजपाभित्रै पनि उक्त भवनमा सर्ने कि नसर्ने भन्नेबारेमा विवाद छ ।
अहिले राजपाका ६ जना अध्यक्ष्ँका लागि कोठा तयार भइसकेको छ भने वरिष्ठ नेता, उपाध्यक्ष्ँ, महासचिवलगातयका नेताहरूका लागि पनि कोठा तयार भइसकेको छ । केही दिनभित्रै राजपाको कार्यालय औपचारिक रुपमा सर्नेछ ।



