🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुलियो चिनीको तितो कथा–व्यथा ! : चाडपर्वमै चिनीको मूल्य किन बढ्छ ?

काठमाडौं । नेपालीहरूको मुख्य चाड वडा दशैं, तिहार र छट जस्ता पर्वहरू घर आँगनमा प्रवेश गर्दैछन् । यी मुख्य पर्वहरूमा आम नागरिकहरूले आ–आफ्नो कमाई र गच्छेअनुसार खर्च गर्दैपरिवारका सदस्यहरू एकआपसमा भेला भएर, खाने, पिउने अनि खुसी मनाउने गर्छन् । वर्षभरी कमाउने र यस्ता मुख्य चाडपर्वहरूमा खर्च गर्ने र रमाउने सदियौं अघिबाट चलिआएको नेपाली प्रचलन पनि हो ।

मुलुकमा साउन पछि नयाँ आर्थिक वर्ष शुरु भएसँगै महिलाहरूको विशेष पर्व हरितालिका तिजलगायत आम नेपालीहरूको मुख्य चाडपर्वहरू शुरुथाल्छन् । ठीक त्यही बेलादेखि बजारमा दैनिक उपभोग्य खाद्य बस्तु तरकारी, दाल, तेल, चामल र चिनीलगायतको बस्तुका मूल्य अकासिने गरेका छन् । चाडपर्व शुरु भएसँगै विभिन्न बहानामा व्यापारीहरूले दैनिक उपभोग्य बस्तुको कृतिम अभाव सिर्जना गर्ने अनिमूल्य बढाउने गरेको तितो यथार्थ रहेको उपभोक्ताहरू बताउछन्। बजार नियन्त्रण र अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रभावकारी भूमिका निर्वाह नगरेकोले नै मिसावटका साथै बजारमा मूल्य अकासिएर सर्वसाधारणले चाडपर्व राम्रोसँग मनाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

चिनीको मूल्यको मूल्य किन बढ्छ ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले२०७८ बैशाख ९ गते अर्थ मन्त्रालयलाई पत्र पठाउँदैचिनी आयातका लागि भंसारसहुलियत प्रदान गर्न माग ग¥यो। साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमार्फत सरकारलेहरेक साल चिनी आयात गर्दै आएको छ । चिनी आयातका लागि मन्त्रालयले प्रत्येक साल कर्पोरेशनलाई भंसार छुट दिंदै आएको पनि थियो । तर यो चालु आर्थिक वर्षमा चिनी आयातका लागि विभागीय मन्त्रालयले गरेको पत्राचारलाई अर्थ मन्त्रालयले आजका दिनसम्म पनि कुनै जवाफ नदिएर आलटाल गर्दै लत्याएकोउद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रालयले आरोप लगाएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारकै पालामा मन्त्रालयले भंसार छुट र अनुदानको लागि अर्थ मन्त्रालयमा पत्रचार गरेको भएपनि आजका दिनसम्म पनि कुनै जवाफ प्राप्त नभएको मन्त्रालयश्रोतले साँघु प्रतिनिधिलाई जानकारी गरायो । ओली सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयले पठाएको पत्रको कुनै जवाफ नदिई बाहिरिए । तत्कालीन मन्त्री पौडेलले वास्ता नगरेपछि हरेक वर्ष सरकारी अनुदानमार्फत खरिद हुँदै आएको चिनी यो वर्ष आयात हुन सकेन । 

अघिल्लो आर्थिक वर्षमा अनुदानमा खरिद गरिएको चिनीको मौज्दात सकिन लागेको बताइएको छ । कर्पोरेशनले सरकारी अनुदानमा किनेको चिनीको बजारमूल्य अहिले प्रति किलो ७९ रुपैंया रहेको छ । तर निजी क्षेत्रले बिक्री वितरण गर्दै आएको चिनीको ८०। देखि ८५। रुपैंया प्रति किलो रहेको बताइएको छ । सरकार यो वर्ष अनुदान उपलव्ध नगराएपछि दशैं वा त्यसलगत्तै आम उपभोक्ताले प्रति किलो १५–२० रुपैया अर्थात ९५ देखि १ सय रुपैंयासम्म महंगो मूल्य तिरेर चिनी खरिद गर्नुपर्ने अवस्था छ ।

सरकारले हरेक साल साल्ट टे«डिङले चिनी आयातमा गर्दा५० हजार मेट्रिकमासहुलियत प्रदान गर्दै आएको थियो । जसका कारण आम उपभोक्ताले निजी क्षेत्रबाट उत्पादन गरेको चिनीको तुलानामा केही सस्तो मूल्यमा खरिद गरी उपभोग गर्न सक्थे । तर सरकारको तर्फबाट चिनी आयातको जिम्मा पाएको एकमात्र सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सो सुविधा नपाएपछि आगामी दिनमा चिनीको मूल्य बढ्ने कुरामा कुनै शंका नरहेको मन्त्रालय श्रोत बताउँछ ।अर्थ मन्त्रालयको स्वीकृत बमोजिम भंसारबाट चिनी आयातको लागि सहुलियत प्रदान नगरेकै कारण चालु आर्थिक वर्षको लागिकर्पोरेशनले भंसार मूल्य पुरै तिरेर चिनी आयात गरेको बताइएको छ ।सरकारी र निजी क्षेत्रबाट बिक्री वितरण हुने चिनीको मूल्य अबबराबरी हुने भएकोले पनि बजारमा सरकारको कुनै हस्तक्षेप नहुने जानकारहरू बताउँछन ।

२ देखि २ लाख ५० हजार मेट्रिक टन चिनी खपत 
हाल बजारमा वार्षिक रुपमा २ लाखदेखि २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यो वर्ष मुलुकमा १ लाख ५ हजार मेट्रिक टन मात्र चिनी उत्पादन भएको मन्त्रालय श्रोत बताउँछ । बाँकी १ लाख ५० हजार मेट्रिक टन अपुग भएको र विदेशबाट आयात गर्नु परेको श्रोत बताउँछ । एकजना व्यक्तिले हरेक साल ८ किलो चिनी उपभोग गर्दै आएको सरकारी प्रक्षेपण रहेको छ ।

उत्पादित र आयातित कुल चिनी मध्ये ६० प्रतिशत घरायसी र ४० प्रतिशत व्यापारिक प्रयोजनमा खपत हुने गरेको सरकारी तथ्याङ्करहेको छ । दैनिक २५ मेट्रिक टन चिनी घरायसी र औद्योगिक प्रयोजनमा खपत हुने गरेको मन्त्रालय श्रोत बताउँछ ।

निजी क्षेत्रको गुणस्तरहीन
निजी क्षेत्रबाट उत्पादित र बिक्री बितरण भइरहेको चिनी कर्पोरेशनले खरिद गरेको तुलानामम गुणस्तरीय नभएको आरोप लाग्दै आएको छ । कर्पोरेशनले आयात गर्ने चिनीमा सल्फर फ्री रहेकोले बढी गुणस्तरीय रहेको जानकारहरू बताउँछन । उपभोक्तालाई राहत दिन, बजार नियन्त्रण र बजार हस्तक्षेपको लागि पनि सरकारले सहुलियत प्रदान गरेर चिनी आयातमा कर्पोरेशनलाई सघाउनु पर्नेमा उल्टो गरेको उपभोक्ताकर्मीहरू बताउँछन ।कर्पोरेशनले भंसार सहुलियत नपाएपछि चाडपर्वमा चिनीको मूल्य बढ्ने निश्चित भएको बताइएको छ । जसबाट मौकामा चौका हान्ने दाऊमा बसेका निजीक्षेत्रका चिनी व्यापारीहरू भने उत्साहित भएको जानकारहरू बताउँछन । 

मुलुक भित्र १० वटा मात्रै चिनी उद्योग
हाल मुलुकमा १४ वटा चिनी उद्योग रहेको भएपनि १० वटा मात्रै चालु हालमा रहेका छन । उनीहरूले आर्थिक वर्ष ०७६–०७७ मा १३ लाख ४४ हजार ५ सय ८४.५ क्लिटन चिनी उत्पादन गरेको मन्त्रालयले जनाएको छ । 

चिनी उत्पादन गर्ने उद्योगहरूमा एभरेष्ट सुगर एण्ड कम्पनी, रिलाइन्स सुगर एण्ड कम्पनी, इन्दुशंकर चिनी, बागमती सुगर, ईष्टर्न सुगुर मिल्स, हिमालय सुगर, महाकाली सुगर्स, भागेश्वर सुगर एण्ड कम्पनी र बाबा बैजनाथ सुगर एण्ड कम्पनी रहेका छन ।