– शरदराज गौतम
विनिता फुया“ललाई काठमाण्डौको ढलले निले पछि
कार्यकारी प्रमुखको हैसियतमा प्रधानमंत्रीले
१५ दिने इस्तिहार जारी गर्नु भयो ।
मृत्यु जित्न नसकिने काठमाण्डौका खाल्डाहरू पुर्नु भनेर ।
सत्ताधारी पार्टीका तावेदारहरूले हर्ष बढाईमा तालि पिटे ।
प्रधानमंत्रीले निर्देशन दिनु भयो भनेर ।
न्हुच्छेमान यो मुलुकमा पहिलो पटक कुरा बुझ्दैन
र, का“ठको एउटा भट्टी पसलमा एक बटुको जा“ड थप्छ ।
‘बुझिन सरर्कार’ । बुझिन ।
‘खाल्डो पुर्ने भन्या क्या हो’ ।
न्हुच्छेमानको बकपत्रले आजभोलि का“ठतिर खलबलि मच्चिएको छ ।
नँगरिक सरकारलाई चोर औंला देखाउने भनि एकथरि स्यालहरू बँसेका छन ।
तिनले नै न्हुच्छेमानलाई घेराबन्दीमा पारेका छन ।
देख्यो कि एक बटुको जा“ड थपि दिन्छन् ।
माया“ गरेर होइन, ‘दाईको सरकारमाथि आ“खा तर्नेहरूको बथान बढ्छ भ्ँनेर ।
पार्टी कार्यकर्ताको हुलमा थचक्कै बसी न्हुच्छेमान मातेर भन्छ
‘बुझिन सरर्कार’ । बुझिन ।
‘खाल्टो पुर्ने भन्या क्या हो ।’
उसलाई बारिको कान्लाकान्लामा बारम्बार प्रशिक्ष्ँण्ँ दिइएको थियो ।
त“ अब नागरिक भईस् भनेर ।
मुलुकमा नागरिक हेर्ने संविधान पनि आयो ।
र, सरकार पनि ।
न्हुच्छेमान का“चो लसुनको पोटी टोकेर जा“ड खान निक्कै मन पराउ“छ ।
पार्टीका मान्छेहरूलाई उसले धोक्ने जा“ड गन्हाउदैन ।
बरु उसले बातै पिच्छै ‘सरर्कार’ भनेको बिझ्छ ।
एउटी बालिका नमरुञ्जेल काठमाण्डौका खाल्डाहरू नदेख्ने नियतको सुशासनमा
न्हुच्छेमानको ‘सरर्कार’ थेगो छुट्दैन ।
निरंकुश पनि होइन, जहानिया“ पनि होइन ।
तर ढलको मुख थुन्न विनिता मर्नु पर्दछ ।
र, यै कुरा न्हुच्छेमान जा“ड खाएकोबेला बुझ्दैन र सोद्धछ ।
‘खाल्डो पुर्ने भन्या क्या हो’ ।
पार्टीका तावेदारहरूको प्रशिक्षण चल्दो छ, आजभोलि का“ठतिर ।
‘दाई शासनकालका उपलब्धिहरूको बु“दागत व्याख्या हु“दोछ ।
बालुवा चोर, राहत दलाल र भिसिधारीहरूको ठूलो जमात छ,पार्टीमा ।
तिनले नागरिक शासनको शिलशिलेवार ब्याख्या गर्दाछन् ।
कोक्ल्या“टो परेको भनेको न्हुच्छेमानको ‘सरर्कार’ थेगो मात्रै हो ।
यो नागरिक शासनले घरिघरि सोध्ने बनाएको छ ।
अब कुनै दिन रगतमासि परेर कुनै किशोरीको मृत्यु हुनेछ ।
कार्यकारी प्रमुखलाई क्वा“क चल्नेछ ।
र, वहा“ले तालुकवाला ठालुलाई डाकेर भन्नु हुनेछ
‘मेट्रान्डिञ्जोल’तुरुन्तै पठाउ ।
प्रधानमंत्री कार्यालय र सचिवालयका नक्कचराहरू फेरि पनि हरियो दा“त देखाएर हा“स्नेछन् ।
र, तुइनमा यो वर्ष एकजना पनि नमरेको प्रतिवेदन टक््रयाउनेछन ।
सबै थरिका तालुकदार र तावेदारहरको सहभोजको आयोजना हुनेछ ।
‘दाईको शासनको अनगिन्ती फेहरिस्त निकालिनेछ ।
र, अन्तिम कार्यकालका लागि
संविधान संशोधन गरि माघ ७ को सीमा समाप्त गरिने छ ।
न्हुच्छेमान जा“डको बटुको फेरि पनि थप्नेछ
‘बुझिन सरर्कार’, बुझिन ।
‘यो थप्ने भन्या क्या हो’ ।
सुशासन कि कुशासन ।




