🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वर्षा र बाढीबाट भारतको केरलामा २६ को मृत्यु कैयौँ अझै बेपत्ता

नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ । बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका जनाइएको छ । साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् ।  बाढीका कारण यहाँको बाटो र बिजुली पनि अवरुद्ध भएको छ । यस कारण यहाँको उद्धारको काम गर्न निकै कठिन भएको बताइएको छ ।

हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ भेटिएको थियो । केरला राज्यका अधिकारीहरुले आइतबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या २६ पुगेको बताएका छन् ।यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् ।

सोमबार बिहानसम्म पनि यहाँ बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् ।मौसम विज्ञान विभागका अधिकारीहरुले सोमबार पनि बर्षा कायमै रहने बताएका छन् ।बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ । यसकारण उद्धारको काममा पनि कठिनाई भएको उनीहरुले बताएका छन् । (रासस ÷सिन्ह्वा)