श्रीमान सम्पादकज्यू
नेपाली सेनामा शक्तिशाली हाकिम वा पाहुना भएमा चीफसा’बलाई चाकडी गरी सेवा पु¥याउ मिलाउ कमाउ खुवाउ गरेमा सफल जर्नेल भइन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्–उपरथी शमशेर ठकुराठी । शमशेर ठकुराठी उनी डडेल्धुराको गाउ“मा साधारण परिवारका पढेलेखेका व्यक्ति भनेमा उनलाई असहज हुन्छ होला । अहिले त उनी आपूmलाई अंगे्रज जर्नेलको रुपमा हेर्छन् । भाग्य पनि कस्तो कस्तो सेनामा जागिर खाएर आपूmभन्दा माथिको सक्षम इमान्दार सोझो र राम्रा दौंतरी साथीलाई खुट्टा तान्नमा सफल भएर विदेश कोर्र्षमा जान सफल भए । रोल्पाको गणपति हु“दा आर्थिक हिसावकितावमा अनियमित काम गरेको । अनुकुल मिलाउ“दा नचाहिदो लोकेशनमा बिना तयारी फौज खटाउ“दा आफ्ना होनहार अधिकृतलगायत ठूलो संख्यामा जवानहरूले हतियारसहित ज्यान गुमाएको दुःखद इतिहास त छदैछ । सो काण्डमा गणका जवानबाट पनि अभद्र व्यवहार भई गणपतिबाट फर्काइएका थिए ।
समग्रमा नेपाली सेनाले नै गाउ“मा ठूलो मूल्य चुकाउने परेको । उहा“को श्रीमतीको चुरीफुरी चाकडीले गर्दा नसियत पाएका ठकुराठीले सबै खत माफी पनि पाए । श्रीमती संघमा संगीता रानीसा’बको चाकडी गर्ने औकातको अगाडि माथिका जर्नेलको मन साह्रै पग्लि“दा ठकुराठीले सेनाको मालदार ठाउ“को विभिन्न पोस्टिङ पाउ“दै आए र उनले गरेका भ्रष्टाचारमा कुनै कारवाही नै भएन । शमशेर सुर्खेत पृतनामा पृतनापति थिए । त्यहा“ हु“दा वाहिनी र यूनिटहरूबाट कोसेली मज्जास“ग उठाए । वाहिनी र यूनिटहरूबाट उठाएका मूल्यवान सामान जति जमिनबाट काठमाडौं पठाउथे र संगीता रानीसा’ब र परिवाहरू भने प्लेनबाट महिना महिनामा सुर्खेत–काठमाडौं सवारी भइरहन्थ्यो । हु“दाहु“दा रिटायर्ड हुन केही महिना मात्र बा“की हु“दा जंगी अड्डामा प्रवन्ध रथी बन्ने अवसर पनि यिनै जर्सा’बले पाए । क्यू एमजी भएपछि त झनै मालामाल । जर्साब कमसेकम पेट्रोलको नगद लिन त आफै रिपुमर्दिनी पेट्रोल पम्पमा नजानुस्, स्टाफ पठाए त भैहाल्छ नि ।
हामी त बाहिरको बाहिरै घर जाने भयौं । शमशेर जर्नेल र संगीता रानीसा’ब नेपाली सेनामा त चाकडी र चाप्लुसीले माथिल्ला तहका जर्साबको आ“खा बन्द गराउ“दै चिप्लाई दिनुभयो । अब अवकास भएपछि के गर्ने हो ? यो किसिमको चाकडी डडेल्धुरा वा बानेश्वरको महल वरिपरि र छिमेक वा नातेदारलाई पनि गर्नुहोला होइन भने तपाईहरूको चाकडीको तरिका नमिलेर कमाएको धन, मान, मर्यादा सम्पत्तिको कुनै अर्थ नहोला । अत्यन्त चलाख र मौकामा चौका हान्न र अवसरको फाइदा लिन जान्ने जे जस्तो भएपनि नेपाली सेनामा पटक पटक गल्ती गरेपनि पा“चै खत माफ पाएर घर जाने बेलामा समेत कमाउनेमा मालदार अड्डामा हुनुहुन्छ, अलि बचेर काम गर्नुहोला । स“धैभरि श्रीमतीको श्रीमती संघ त दाहिना हु“दैनन् शमशेर जर्साब र म्याडम ….. † जागिरको अन्त्यमा पुराना कुराहरू बल्झिएर पेन्सन पट्टा ढिलो होला जर्साब भन्न सकिन्न, किन एकदमै लोभ गरेको ?
–जर्साबलाई नजिकबाट जान्ने अधिकृतहरू, नेपाली सेना




