🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विदेशी पर्यटकसहित १२ जना हिमपातले तुम्लिङमै फसे, हेलिकाेप्टरमार्फत उद्धारकाे तयारी

सिमकोट, ४ कात्तिक।  हुम्लाकाे नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा राेकिएका छन् ।

लिमीको ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसके पछि स्लोभेनियाका चार नागरिक, तीन जना गाइड र पाँच जना स्थानीय गरी १२ जना तुम्लिङमा रोकिएकाे प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

ट्रेकिङमा आएका स्लोभेनियाका  नागरिकको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेकाे प्रजिअ आचार्यले जानकारी दिए । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।

उद्धारका लागि हेलिकोप्टर मगाइएको  र बिहीबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । हिमपातको कारण नाम्खा गाउँपालिका-६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुले बाटो छिचोल्न सकेका छैनन् ।

२२ असोजमा सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएकाे टोली र ट्रेकिङपछि न्यालु लेक हुँदै सिमकोट आउने कार्यक्रम थियाे । तर न्यालु लेकमा बाक्लो हिमपात भएपछि फर्कन नसकेकाे रिऋा टुरका हुम्ला प्रतिनिधि पेमा लामा बताए । न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात छ । बाटाे अवरुद्ध बनेकाे नाम्खा गाउँपालिका-६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।