🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब २४ वर्षीय युवक र १९ वर्षीया युवतीले धान्नेछन् एमाले वडा राजनीति

बुटवल, ७ कात्तिक। एमालेको वडा अधिवेशनबाट युवापंक्तिले नेतृत्वमा स्थान जमाएका  छन् । सिद्धार्थनगरको एउटा वडामा २४ वर्षीय युवक वडाध्यक्ष चुनिएका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा १९ वर्षीया युवती वडा कमिटी सचिव चुनिएर चर्चामा छिन् ।

सिद्धार्थनगर नगरपालिका–१३ वडाको अधिवेशनबाट २४ वर्षीय भीम भण्डारी अध्यक्षमा चुनिएका हुन् । नगरका १३ वटा वडाका अध्यक्षमध्ये उनी नै सबै भन्दा कान्छा हुन् ।

त्यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक  नगरपालिका–६ बाट १९ वर्षीया झरना थापा वडा सचिव चुनिएर चर्चामा छिन् । अध्ययनसँगै राजनीति थालेकी उनले अब अध्ययनसँगै राजनीतिलाई पनि अगाडि बढाउने बताइन् ।

‘अब देशको राजनीति हामी जस्ता युवाले सम्हाल्नुपर्छ, मैले पढाइ र राजनीतिलाई एकसाथ अघि बढाउने सोच बनाएकी छु,’ उनले भनिन् । विद्यालय तहबाट राजनीतिमा लागेकी झरना निर्विरोध वडा सचिवमा चुनिएकी हुन् ।
 

न्युज कारखाना