🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

न्यायालयले कार्यपालिकासँग भागवण्डा खाेज्नु व्यवस्थामाथिकै खतरा : नेता यादव

सिरहा, १० कात्तिक। जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायीक मर्यादाकाे पराकाष्टा नाघेको बताए ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा पक्ररणप्रति इंगित गर्दै उनले  यसखालको हर्कतले लोकतन्त्र खतरामा पर्ने संकेत दिइरहेकाे बताए ।न्यायपालिकाले व्यस्थापिका र कार्यपालिकाभन्दा पर रहेर काम गर्नुपर्नेमा भागवण्डाको खेलमा लाग्दा व्यवस्थामाथिकै खतरा भएको उनले बताए ।

नेता यादवले राजनीतिक दलमा राजनीतिक आचरण कमजोर हुँदै गएको बताए । पार्टीभित्र पनि लोकतन्त्रको सही अभ्यास हुन नसकेको भन्दै यस्तै अवस्था रहे व्यवस्था नै धरापमा पर्न सक्ने उनले बताए ।

‘हामीले हाम्रो नीति, सिद्धान्त र विचारलाई व्यहारमा उतार्न सकेनौं भने यो व्यवस्था नै धरापमा पर्न सक्छ, गणतान्त्रिक लोकतन्त्रलाई सही मानेमा प्रयोग गर्न सबैको भूमिका आवश्यक छ,’ उनले भने ।
न्युज कारखाना