काठमाडौं, फागुन २०। दुई दिने नेपाल भ्रमणको लागि भोलि फागुन २१` गते सोमबार आउन लागेका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री साहीद खकान अब्बासीका औपचारिक कार्यक्रमहरु मात्र प्रकाशित भएपनि अप्रकाशित भित्री एजेण्डाहरु पनि भएको बुझिएको छ।
औपचारिक कार्यक्रम अनुसार, उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कुरा परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने छन् ।
भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन ।
अप्रकाशित एजेण्डामा, द्विपक्षीय लगानी सम्वर्ध्दन तथा प्रवर्ध्दन सम्झौता (बीप्पा)मा हस्ताक्षर गर्न नेपालसँग पुन अनुरोध गर्नेछन्। २०७३. १२. २४ मा नेपालबाट बेपत्ता भएका पाकिस्तानी सेनाका कर्णेल मुहम्मद हबिब जाहिरको बिषयमा चासो राख्नेछन्। र, सार्कको १९ औं शीखर सम्मेलनको लागि नरेन्द्र मोदीसँग बार्ता गर्न केपी ओलीसँग अनुरोध गर्नेछन्। चीनको विशेषदूतको रुपमा पनि कूटनीतिक क्षेत्रले चर्चा गर्ने गरेका छन्।




