🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

न्यायाधीशले नै, \’कानूनले न्यायाधीशला ई ‘सर्वज्ञ’ भनेर स्थापित गरेको छ\’ भन्नासाथ डङ्गरङ्गै !

भ्रम !
—–

२०३४ सालतिरको कुरा हो ।

न्याय सेवाकै एकजना अधिकृतको कीर्ते सम्बन्धी मुद्दामा निजको विपक्षी तर्फबाट काठमाण्डू जिल्ला अदालतमा बहसको लागि उपस्थित भएको थिएँ ।

बहसको क्रममा दुबै तर्फबाट केही अङ्ग्रेजी पुस्तकबाट सान्दर्भिक बुँदा प्रस्तुत गरिएको थियो ।

बादी तर्फका वकिलले अङ्ग्रेजी भाषामा सन्दर्भ प्रस्तुत गरुञ्जेल न्यायाधीश गम्भीर मुद्रामा सुनिरहनु भएको आभास हुन्थ्यो । केही बुझेको अर्थ लाग्ने गरी बीच-बीचमा टाउको हल्लाएको पनि देखिन्थ्यो ।

बहसकै क्रममा मैले पनि अङ्ग्रेजी भाषाका पुस्तकबाट केही आवश्यक बुँदा प्रस्तुत गरेको थिएँ । मेरो बहसमा पनि बुझेको अर्थ लाग्ने गरी न्यायाधीशले बीच-बीचमा टाउको हल्लाउनु भएको देखिन्थ्यो ।

बहस गर्दैगर्दा अङ्ग्रेजी भाषामा प्रस्तुत एउटा बुँदा पुनः पढ्न न्यायाधीशबाट मलाइ अनुरोध गरियो । उक्त उद्धरणको नेपालीमा उल्था गरेर ब्याख्या गरियोस् भनेको भए बरु बेस हुने थियो भन्ने मलाइ लागेको थियो ।

मैले उक्त उद्धरण दोहर्याएर पढेको थिएँ । फैसला के-कस्तो रह्यो भन्ने सन्दर्भ आवश्यक नहुँदा यहाँ प्रस्तुत गरिएको छैन ।
केही दिनपछि वहाँ न्यायाधीशसित रत्नपार्कमा भेट भएको थियो ।

सञ्चो-बिसञ्चोको कुरा सकिएपछि मैले सोधेको थिएँ, "काका, अस्तिको बहसमा हामीले प्रस्तुत गरेको अङ्ग्रेजी उद्धरणलाई नेपालीमा उल्था नगराई किन फेरि अङ्ग्रेजीमै दोहर्याउन लगाउनु भएको हो ?"

मेरा बुबा पनि न्याय सेवामै रहनु भएको र उमेरमा जेठो हुनु भएको हुँदा बुबालाइ 'दाइ' भन्ने गर्नु भएकोले वहाँलाई म 'काका' भनेर संवोधन गर्ने गर्दथेँ ।

अङ्ग्रेजी ठ्याम्मै नबुझ्ने वहाँको जवाब यस्तो थियो, "लाटा, न्यायाधीशले मुद्दाको मिसिल र बहसमा प्रस्तुत विषयलाई कहिल्यै बुझेको छैन वा हुँदैन भनेर सोच्नु हुँदैन ।"

मुस्कुराएर वहाँको कुरा सुन्नुको अर्को विकल्प मसित थिएन ।

वहाँले कुरालाई यसरी बढाउनु भयो, "हेर्, हामी त 'क' वाला न्यायाधीश पर्यौँ, तर 'ल' वाला न्यायाधीशले पनि कलेजमा नपढेका विषयमा उठेको मुद्दामा आफूले नबुझेको हुँदा सुनुवाइ गर्दिन भनेको सुनेका छौ ?"

त्यसताका कानून नपढेकालाई 'क' र कानून पढेकालाई 'ल' भनेर बुझ्ने गरिन्थ्यो ।

कुरालाई टुङ्ग्याउँदै वहाँले भन्नुभयो, "कानूनले नै न्यायाधीशलाई सर्वज्ञ हुनुको अर्थमा मान्यता दिएको छ ।"

तत्काल यसबारे भन्न सकिने थप तर्क मसित थिएन, तर सर्वज्ञ हुनुको यस्तो भ्रमको अर्थ र परिणाम बुझ्न न्यायाधीश हुनुको विधिशास्त्र पढ्नु पर्ने भएको छ !

Dr.Shanker Kumar Shrestha