🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ए डिभिजन लिग विशेष: औसत खेलाडीबाट उपाधि हात पार्ने योजनामा संकटा

 

काठमाडौं, २६ कात्तिक : काठमाडौंको केन्द्रमा रहेको क्लब हो संकटा । उपत्यकाको केन्द्र न्युरोड र आरएनएसी नजिकै रहेको संकटा मन्दिरसँगै रहेको छ संकटा क्लब पनि । 

जहाँ संकटाको ठूलो आर्थिक बजेट आम्दानी गर्ने स्थलहरू छन्, त्यही भएको आम्दानीबाट देशकै शीर्ष डिभिजनमा संकटा क्लबको प्रदर्शनले निरन्तरता पाइरहेको छ । 

संकटा क्लबको केन्द्रीय कार्यालय त्यहाँ भए पनि उसको घरेलु मैदान भने साँगामा रहेको छ । स्थानीयको जग्गा ‘लिज’मा लिएर मैदान बनाएको संकटाले दैनिकी अभ्यास सोही मैदानमा गर्दै आइरहेको छ । 

यस पटक ३ मंसिरमा सुरु हुने लिगमा समेत संकटाले सोही मैदानबाट तयारी पूरा गरेको छ ।  केही राष्ट्रिय तथा केही उमेर समूहका खेलाडी सम्मिलित संकटाले यस पटकसमेत लिगमा उपाधि हात पार्ने योजना बनाएको छ । 

शुक्रबार (आज) मात्र संकटाले ए डिभिजन लिगका लागि आफ्नो २५ सदस्यीय टोली सार्वजनिक गरेको छ । साथै, क्लबले केही प्रायोजक र लिगको आर्थिक बजेटसमेत दुई करोड रुपैयाँको रहेको बतायो । 

मुख्य प्रायोजकको खोजीमा रहेको संकटाले यस सिजनको आफ्नो लक्ष्य लिग उपाधि हात पार्ने रहेको बताएको छ । 

तीन जना विदेशी खेलाडीलाई अनुबन्ध गरिसकेको संकटाले भर्खरै एएफसी ‘ए’ लाइसेन्स उत्तीर्ण गरेका विष्णु गुरुङलाई टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको छ । 

अब संकटालाई कहाँसम्म पुर्‍याउने र कुन लयमा लैजाने हो, त्यो भने विष्णुको रणनीतिले निर्धारण गर्नेछ । 

संकटा क्लब स्थापना भएको २००८ सालमा हो । क्लबले ए डिभिजन लिग खेल्न सुरु गरेको भनेको २०११ सालयता हो ।

त्यसयता क्लब तीन पटक च्याम्पियन भएको छ । संकटाले ए डिभिजनको यात्रामा २०३७, २०४० र २०४२ सालमा लिग जितेको हो । 

त्यसयता भने क्लबले सधैँ उपाधि दाबेदारमा रहे पनि उपाधिबाट बञ्चित हुँदै आएको छ । २०७५ सालमा भएको बिनारेलिगेसन (दोस्रो डिभिजनमा घटुवा नहुने) लिगमा भने संकटा दोस्रो भएको थियो ।

मनाङ-मर्स्याङ्दी क्लबले कीर्तिमानी आठौँ पटक लिगको उपाधि हात पार्दा सल्यान खड्गीको प्रशिक्षणमा रहेको संकटा मनाङभन्दा २ अंक पछि रहेर दोस्रो भएको थियो । 

पछिल्लो लिगमा भने संकटाले सोचेअनुरूप प्रदर्शन दिन सकेन । क्लबले सातौँ स्थानमा रहेर लिग टुंगायो । रवि सिलवालको कप्तानीमा रहेको संकटाले सिंगल राउण्ड रोबिनको लिगमा पाँच खेलमा जीत, तीन खेलमा बराबर तथा पाँच खेलमा हार बेहोर्दै १७ अंक जोडेको थियो, जुन लिग विजेता मच्छिन्द्रको २५ अंकभन्दा ८ अंकले पछि थियो ।

‘यस पटक हाम्रो लक्ष्य उपाधि हो । हामीले त्यहीअनुसार लगानी पनि गरेका छौँ’, क्लबका अध्यक्षसमेत रहेका इन्द्रमान तुलाधरले भने । 

उनले टोलीमा धेरै स्टार खेलाडी नरहे पनि ‘टिम वर्क’ भने रहेको बताए । ‘टोलीमा हाम्रा त्यस्ता स्टार खेलाडी छैनन् । टिम वर्क राम्रो छ । हामी उपाधि  जित्न सक्षम छौँ’, एन्फा महासचिवसमेत रहेका तुलाधरले भने । 

३ मंसिरदेखि सुरु हुने प्रतियोगितामा संकटाले पहिलो खेल हिमालयन शेर्पासँग खेल्दै लिगको सुरुवात गर्दै छ । 

यस पटक क्लबलाई राष्ट्रिय टोलीका डिफेण्डर सरोज दाहाल, सुभास गुरुङ, रवि सिलवालसँगै उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका अमित तामाङ, निरोज बस्नेत, रोमन लिम्बू, रोशन पहारी, जया गुरुङ, लक्ष्मण रुचाल, दीपेश आले मगरलगायतको साथ छ  । 

यस्तै संकटाले यस पटक विदेशी खेलाडीमा डिफेण्डर अर्नेस्ट टम्पी र अट्याकर द्वय फोडे फोफना र यान्निकलाई टोलीमा समावेश गरेको छ । 

२५ सदस्यीय टोलीः

गोलकिपरः  राजाबाबु थापा, रोहित कार्की, अजय महर्जन
डिफेण्डर : अर्नेस्ट टम्पी, रबि सिलवाल, सरोज दाहाल, जनक कोइराला, अमित तामाङ, दिपेन्द्र वि क, निरोज बस्नेत, रोमन लिम्बू
मिडफिल्डरः रोशन पहारी, जया गुरुङ, सुभाष गुरुङ, लक्ष्मण रुचाल, फोडे फोफना, टिकाराज गुरुङ, समिर बराल
स्ट्राइकरः दिपेश आले मगर, गणेश हमाल, उत्तम राई, शीर्षक तुलाधर, यान्निक
प्रशिक्षकः विष्णु गुरुङ, राजकुमार केसी
टिम व्यवस्थापकः राजेश तुलाधर