🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

५० लाख ठग्ने पटके ठग भारतीय नागरिक पक्राउ

काठमाडौं ।  विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाँडु घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई २०७८ कात्तिक २३ गते  मंगलबार प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे  छ ।

शिवमले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भईरहेको भनि झुट्टा कागजात र कुराकानी तयार गरि विभिन्न ब्यक्तिहरूलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेकाे छ ।

 निजले  बिभिन्न व्यक्तिहरूको स्वामित्वको जमिनको लालपूर्जा समेत आफ्नो नियन्त्रणमा लिई ठगी गर्ने गरेको, विभिन्न बैंक तथा बित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुट्टा कागजात तथा बिवरण देखाई ठगी गर्ने गरेको प्रहरीले बताएकाे छ ।

 आफूलाई International Committee Of The Red Cross(ICRC) को डाईरेक्टर हुँ भनि नक्कली परिचयपत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने, विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकतामार्फत बैंक खाता संचालन गरी ठगीमार्फत आएको रकम जम्मालगायत भुक्तानी लिने गरेको भन्ने जस्ता सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बालुवाटारबाट उनलाई पक्राउ गरेको हो ।  

निजले विभिन्न बर-बहाना अनुसार नै बिभिन्न ब्यक्तिबाट पटक पटक गरी उक्त रकम बराबरको ठगी गरेको तथा अन्य व्यक्तिहरुसँग समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै उनी २०७२ जेठ २२ गते पक्राउ परी बैदेशिक रोजगारी सम्बन्धी कसूरमा डिल्ली बजारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार रुपैयाँ रकम धराैटीमा रिहा भएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।