🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यात्रुलाई मर्का पार्दै नेपाल एयरलाइन्सले जहाज भित्रै बनायो कार्यालय

बाजुरा, २६ कात्तिक : पछिल्लो समय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले जहाजभित्रै कार्यालय बनाई सेवा प्रवाह गरेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । चाडपर्व मनाउन गृह जिल्ला पुगेका यात्रु गन्तव्य फर्किने क्रम बढेसँगै कोल्टीमा यात्रुको चाप बढेको छ ।

तर, हाल सुदूरपश्चिमका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले प्रत्येक जिल्लाको उडानमा आफ्ना ८ जना कर्मचारी बोकेर हिँड्ने गरेपछि सर्वसाधारणलाई सेवा पाउन समस्या भएको हो ।

सुदूरपश्चिमको बाजुरा, बझाङ, अछाम, दार्चुला र डोटीलगायत जिल्लामा उडान भरिरहेको नेपाल एयरलाइन्सले प्रत्येक जिल्लामा जहाज उडानको पेपर बनाउने कर्मचारी नभएको भन्दै ८ जना कर्मचारी बोकेर उड्ने गरेपछि सर्वसाधारणले सेवा पाउन सकिरहेका छैनन् ।

नेपाल एयरलाइन्सले उडान भर्ने प्रत्येक उडानमा १८ जना यात्रु बोक्नु पर्नेमा ८ जना कर्मचारी बोक्ने गरेका कारण सर्वसाधारण १० जनाले मात्रै यात्रा गर्न पाएका छन् । हाल उडान भरिरहेका जिल्लामा नेपाल एयरलाइन्सका कर्मचारी नभएका कारण नेपालगन्ज बाटै कर्मचारी बोक्नु पर्ने भएकाले आम सर्वसाधारणले सेवा नपाएको नेपाल एयरलाइन्स बाजुरा प्रमुख उमाकान्त न्यौपानेले बताए ।

यात्रुलाई सेवा दिन नेपाल एयरलाइन्सले उडान गरिरहेको भए पनि कर्मचारी अभावका कारण जहाजको क्षमता अनुसार यात्रुले सेवा नपाएको र यसको व्यवस्थापनको कार्य माथिल्लो निकायको भएको उनले बताए ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-३ जुकोटका लोकेन्द्र शाहीले वर्षातका कारण बाटो अवरुद्ध अवस्थामा रहेकोले सुदूरपश्चिम प्रदेशका बाजुरालगायत पहाडी जिल्लामा जहाजले सेवा दिनु राम्रै भए पनि नेपाल एयरलाइन्स जस्तो सरकारी कम्पनीले कर्मचारी छैन भनेर जहाज भित्रै कार्यालय बनाई एयरपोर्टमा घुम्नु हास्यास्पद भएको बताए ।

उनले एयरपोर्टबाटै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई फोन गर्दै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सेवा प्रवाह गरिरहेको नेपाल एयरलाइन्सको सो अवस्थाको बारेमा जानकारी गराएको बताए । फोनमा मन्त्री आलेले त्यस अवस्थाको बारेमा आफूलाई जानकारी नआएकाले त्यस्तो अवस्था भए पनि समस्या केही दिनमै समाधान हुने बाएका छन् ।