🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्ड बिरामी भएर महोत्तरीमा रोकिएको कार्यक्रमलाई दुष्प्रचार गरियो : नेता पोखरेल

महोत्तरी, २७ कात्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिरामी भएपछि स्थगित भएको कार्यक्रमलाई लिएर कतिपयले दुष्प्रचार गर्न खोजेको स्थायी समिति सदस्य  गिरिराजमणि पोखरेलले बताएका छन् ।

अध्यक्ष प्रचण्ड जनकपुरमा आएर माछा भोजन गरेर फर्किएको भन्ने हल्ला हुन थालेपछि नेता पोखरेलले उनीहरूलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्ड महोत्तरीको रामगोपालपुर आएर स्वास्थ्य चौकी उद्घाटन गर्नेदेखि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

दुष्प्रचारलाई चिर्दै उच्च मनोबलसहित काममा जुट्न महोत्तरीका नेतालाई उनले आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या आई कार्यक्रम स्थगित भएपछि तत्काल बैठक बसी अध्यक्ष प्रचण्डकै प्रमुख आतिथ्यतामा यथाशक्य कार्यक्रम गर्ने सहमति भएको उनले बताए ।