सायद कमै मानिसहरू होलान् जो एकदिन पनि ब्रस नगरी(दा“त नमाझी) बस्न सक्छन् । तर, यी युवा भने विगत २० बर्षदेखि ब्रस नगरी बसेका छन् । कोही २० बर्षसम्म कसरी ब्रस नगरी बस्न सक्छ ? २१ बर्षीय जाय नाम गरेका बेलायती नागरिक पछिल्लो केही दिनसम्म दा“तको ब्रस गर्नुपर्छ भन्ने कुराबाट अन्जान थिए । खबरका अनुसार, उनको दा“त यति खराब भइसकेको छ कि मानिसहरू उनलाई हेर्न पनि रुचाउ“दैनन् । पेशाले सफाइकर्मी ती युवकलाई सानैदेखि कसैले ब्रस गर्न सिकाएको थिएन । उनको दा“त लगभग सबै खराब भइसकेका थिए । यही दा“त उनको करिअरको बीचमा आउन थालेपछि उनी दन्त चिकित्सककोमा गएका थिए । अन्ततः जेम्स रशेल नाम गरेका दन्त चिकित्सकले ५ महिनाको प्रयास पछि उनको दा“तमा नया“ मुस्कान ल्याइदिए । अब दा“तको चमकले ती युवकमा नया“ उत्साह थपेको छ । यसका अलावा ती युवकले ब्रस गर्न (दा“त माझ्न) पनि सिकेका छन् ।




