अहिलेको समयमा विश्वभर महिला र पुरुष बराबरीको आवाज उठ्ने गरेको छ । तर केही यस्ता स्थानहरू पनि छन् जहा“ महिलालाई असमान व्यवहार गरिन्छ । यस्तै असमान व्यवहारहरूले परम्पराको उपाधि पनि पाउने गरेका छन् । हो, यस्तै परम्परालाई मान्यता पाउ“दै आएको छ इन्डोनेसियाको एक जनजाति । इन्डोनेसियाको यो जनजाति करिब साढे दुई लाखको हाराहारीमा रहेको छ ।
यस जनजातिमा परिवारको कुनै पनि सदस्यको मृत्यु भएमा त्यस घरकी महिलाको औंलाहरू काट्ने गरिन्छ । यस्तो त्रासदीपूर्ण परम्परालाई यो जनजातिले अहिले पनि मान्दै आएको छ । एकातिर परिवारको सदस्यको मृत्यु अर्कातर्फ आफ्नो औंला काट्नुपर्ने यस्तो परम्पराले दानी जनजातिका महिलाहरूमाथि परम्पराको नाममा अत्याचार भएको पाइन्छ । औंला काटेमा मृत्यु हुनेको आत्माले शान्ति पाउने रुढीवादी धारणा रहेको छ ।




