🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपति भण्डारीद्वारा उम्मेदवारी मनोनयन दर्ता

काठमाडौँ, २३ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भण्डारीबाट  आज उम्मेदवारी मनोनयन दर्ता गएको हो । भण्डारीको  प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी रहेका छन्  ।

राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन्  । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नेकपा (एमाले) ले फागुन २२ गते मंगलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
काँग्रेस नेत्री राईद्वारा राष्ट्रपतिमा उम्मेदवारी

लक्ष्मी राईको पनि उम्मेदवारी दर्ता

 नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले पनि राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी  छिन्  ।

यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आजै  उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्  । उनको  प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले रहेका छन्  ।

\"\"

(राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गरी फर्कनेक्रममा सांसदसँग भेटघाट गर्नुहुँदै । तस्वीर : रत्न श्रेष्ठ, रासस)

–––