🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डीएसपी र महिला अधिकृतको चर्तिकलाले एफपीयू नै संकटमा 

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत फम्र्ड पुलिस युनिट (एफपियु– १) को २२ औँ टोलीमा हाइटीमा खटिएका डीएसपी दानबहादुर थापा र प्राविधिक महिला अधिकृतबीचको नैतिकता, आचारणविरुद्धको  सम्बन्धलाई कारण देखाउँदै तिनीहरूलाई फिर्ता बोलाउनका लागि गरिएको पत्राचार प्रहरी प्रधान कार्यालयभित्रै गायब पारिएको छ ।

विदेशी मिसनमा रहँदा आचरणविपरीत काम गर्ने प्रहरीलाई संयुक्त राष्ट्रसंघले तत्कालै डिपोर्ट गर्ने गरेको छ । केही निश्चित दिनको बिदाका क्रममा मिसनमा खटिएका प्रहरीलाई घर जान वा घुम्नका लागि सुविधा दिइन्छ । त्यसक्रममा दानबहादुर र ती महिला अधिकृताले गत डिसेम्बर अन्तिम साता बिदा लिई सँगै अमेरिका घुमेर फर्किएको स्रोतको दावी छ । उनीहरू जनवरी ४ तारिखमा हाइटीमा सँगसँगै देखापरेका थिए । हाइटीमा बस्ने क्रममा पनि उनीहरूको अपाच्य हिमचिमलाई लिएर आपत्ति जनाइएको थियो ।

यसबारे मिसनका कन्टिन्जेन्ट कमाण्डर एसपी राजेश बास्तोलालाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधिसकेको छ । उनले घटना सत्य भएको बताएपछि डीएसपी थापा र प्राविधिक महिला अधिकृतलाई डिपोर्ट गर्न पुलिस हेडक्वार्टरमा तयार पारिएको पत्र एकाएक गायव भएको स्रोत बताउछ ।

 
कसरी भयो दानवहादुर उन्नतिको सुरुवात ? 
नेपाल प्रहरीमा ०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएका दानबहादुर थापा अख्तियारमा लोकमानसिंह कार्की प्रमुख आयुक्त रहेको बेलाका चल्तापूर्जा व्यक्ति मानिन्थे । अख्तियारमा कार्यरत रहँदा लोकमानका नाममा व्यापक उठ्तीपुठ्ती चलाएका उनी र उनीजस्तै व्यक्तिहरू लोकमानको बदनाम गर्न तल्लीन थिए । बढुवाका लागि सिनियर ब्याचलाई लत्याउदै योग्यता नपुगेकै अवस्थामा पनि लोकमानकै दबाबमा उनी डीएसपीमा पदोन्नति हुन सफल भए । 

प्राविधिक महिला अधिकृत चाहिं नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सक हुन् । दानबहादुर ती महिला अधिकृतको भेटघाट र सम्पर्क हाइटी पुगेपछि भएको बताइन्छ । ‘आफ्नो जीवन आफ्नै खुशीले बाँच्ने हो, कसैको कारकापमा होइन’ भन्ने मान्यता राख्ने प्रहरी अधिकृतहरूको आफ्नै खुशीले जिन्दगी बाँच्न चाहँदा हाइटीमा खटिएको  २२ औँ टोली नै अहिले संकटमा परेको खबर छ । २०७४ चैत २ गते म्याद सकिने पछि अर्को एक महिनाका लागि म्याद थप भएको यो टोली नेपाल फर्किएपछि संयुक्त राष्ट्र संघले प्रहरीको यो सुविधा कटौती गर्ने खतरा बढेको छ । त्यसमाथि डिपोट गर्नका लागि तयार पारिएको पत्र हेडक्वार्टभित्रै लुकाइएपछि प्रहरी झन् समस्यामा परेको हो । 

युवती प्रेमी दानबहादुरको चमत्कार !
स्याङ्जाका स्थायी बासिन्दा दानबहादुर अत्यन्तै सामान्य परिवारका सदस्य हुन् । प्रहरीको इन्स्पेक्टरमा भर्ना भएपछि उनले तत्कालीन एआइजी अर्जुनजंग शाहीको पीएका रुपमा काम काम गरे । शाहीको पीए भएर काम गर्दाकै अवस्थादेखि उठ्तीपुठ्तीमा उनी सक्रिय हँुदै आएको चर्चा उनका ब्याचीहरू गर्ने गर्दछन् । त्यहीबेलादेखि यिनको सम्पर्क दरबारमार्ग, न्युरोडतिरका व्यापारीसँग बढेको हो । शाहीले उनका बारेमा थुप्रै गुनासो सुन्न थालेपछि उनलाई आफ्नो पीएबाट निकालेर थानकोट चेकपोष्टको इञ्चार्जका रुपमा काज पठाए । ‘के खोज्छस् कानो, आँखो’ भनेजस्तो थानकोट पुगेपछि उनले झन् आर्जनमा विशेष ध्यान दिन थाले । 

लोकमान अख्तियारको प्रमुख आयुक्त भएदेखि नै उनको अंगरक्षकका रुपमा दानबहादुर खटाइएका थिए । तर, प्रहरीकै हाकिमहरूलाई पनि आफू अख्तियारको सुरक्षा सल्लाहकार हुँ भन्दै थर्काउनेदेखि सरुवा–बढुवाका नाममा ठाड्ठाडै असुल्नेसम्मको काममा उनको सक्रियता बढ्यो । अख्तियार गएदेखि उनको जीवनशैली पनि फेरियो । ब्राण्डेड लुगा, मोबाइल र घडीका सौखिन बन्न थाले ।

अख्तियारमा करारमा भर्ना गरिएकी विवादास्पद युवती आकृति रायमाझीसँग उनको विशेष निकटता रहन गयो । हालसम्म अविवाहित रहेका उनी महिलाहरूसँग सम्बन्ध गाँस्न विशेष रुची राख्ने अधिकृत मानिन्छन् । सञ्चारमाध्यमहरूमा आकृतिको नियुक्तिविरुद्धका समाचार आउन थालेपछि आकृति त्यहाँबाट निकालिइन् । त्यसपछि अर्को एक कम्पनीमा जागिर खान पुगेकी आकृति नयाँ ठाउँमा पनि धेरै टिकिनन् । 

त्यसपछि दानबहादुरकै सहयोगमा आकृतिका नाममा बुटिक होटल खोल्ने अभियान शुरु गरे । अहिले पनि लाजिम्पाटमा आकृतिको बुटिक होटल सञ्चालनमा रहेको बताइन्छ । महिनाको पाँच लाख भाडा तिर्नुपर्ने उक्त बुटिक होटल घाटामा छ । अख्तियारमा रहँदा आर्जन गरेको रकमबाटै दानबहादुरले पोखराको बिरौटामा चार तलाको घर बनाएको प्रहरी स्रोत बताउछ । 

दानबहादुरले आर्जन गरेको रकम काठमाडौं र पोखराका विभिन्न रेष्टुरेन्टमा लगानी गरेको पनि प्रहरी स्रोत बताउछ । उनले पोखरामा मोटो ज्यान भएका एकजना स्थानीय व्यवसायीमार्फत् लगानी गरेको पनि स्रोतको दावी छ । 

सुरक्षित हुन हाइटी
सर्वोच्च अदालतले लोकमानको नियुक्तिसम्बन्धी योग्यता नपुग्ने फैसला गरेपछि उनी नयाँ दिल्ली हुँदै क्यानडा गएर लामोसमय आराम गरे । तर, नेपालमै रहेका दानबहादुरसहितका केही सहयोगीको भने बेहाल भयो । त्यसबेलासम्म प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि लोकमानकै आडमा टिकेका थिए ।

आफू नभएको अवस्थामा दानबहादुरलाई राजनीतिक नेतृत्वले जागिर खानेसम्मको काम गर्ला भनी लोकमानकै अनुुरोधमा उपेन्द्रकान्तले उनलाई हाइटी मिसनमा छनौट गरेका थिए । नेपाल बस्दा लोकमानसँग जोडेर असुरक्षित हुने ठानी उनी होइटी पुगे । तर, हाइटीमा पनि पैसाको दम्भ देखाउँदै आचरणविपरीतका काम गरेपछि उनलाई डिपोर्ट गर्ने प्रक्रिया शुरु भएको थियो ।