🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी एमाले केन्द्रीय सदस्य

दाङ, १३ मंसिर : एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले २०७८ मंसिर १३ गते सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन् । 

ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन् । मदन भण्डारीले समेत सम्भावना देखेका शंकरलाई ओलीले आफ्नो उत्तराधिकारी बनाएका हुन् ।

ओलीले शंकरकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्य बनाएका छन् । मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन् ।

यस्तै, एमाले सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन् । उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन् ।

यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन् ।

न्युज कारखाना