काठमाडौं, गुन २४ \\ “आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ। यो समय सफलता, परिवर्तन र उपलब्धिको समय हुनेछ”, प्रधानमन्त्री केपी शर्मा ओलीले भने।
नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ७औं अन्तर्राष्ट्रिय व्यापार मेलाको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारका विरुद्ध र देशको दूरदृष्टिका पक्षमा रहेको बताउँदै थपे, “सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र अवसरका लागि केन्द्रित हुनेछन्। जनताको काम छिटो–छरितो ढङ्गले गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने छ।”



