🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, जाडो पनि बढ्ने

काठमाडौं, १५ मंसिर : नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ । 

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात सम्भावना छ ।

शुक्रबार देशभर बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ ।  उच्च पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले मंगलबार साँझ विशेष बुलेटिन जारी गर्दै  वर्षा र हिमपातका कारण चिसो बढ्ने बताएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ६.३ डिग्रीसेल्सियसमा झरेको छ भने जुम्लाको तापक्रम माइनस ४ दशमल ८ डिग्रीसम्म झरेको छ ।

न्युज कारखाना