🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सञ्चारकर्मीलाई कुटपिट गर्ने आरोपीहरु पक्राउ

मंगलबारे, इलाम, २५ फागुन (रासस) : सञ्चारकर्मीमाथि हातपात गर्ने तीन जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । 

इलामको चियाबारी एफएममा कार्यरत दुई सञ्चारकर्मीमाथि कुटपिट र लुटपाट गर्ने तीनजनालाई प्रहरीले फागुन २४ गते बिहीबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा इलाम नगरपालिका–९ का १९ वर्षीय रवीन मगर, इलाम नगरपालिका–६ का २२ वर्षीय मनोज मगर र एकतप्पा घर भएका १८ वर्षीय किशोर लिम्बू रहेका छन् । उनीहरुलाई प्रहरीले इलाम नगरपालिका–९ को जंगलमा भाग्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए  । 

घटनामा संलग्न एकजना भाग्न सफल भएको प्रहरीले जनाएको छ । चियाबारी एफएमका बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई फागुन २३ गते बुधबार राति रेडियोबाट घर फर्कने क्रममा गोलबस्तीको पोखरी स्कूल छेउमा उनीहरुले कुटपिट गरेका थिए । 

कुटपिट गर्दै उक्त समूहले व्यवस्थापक पाठकसँग रहेको नगद रु ४५ हजार, र एक थान मोबाइल लुटेको रेडियोका स्टेशन मेनेजर प्रेम अधिकारीले जानकारी दिए  । 

आक्रमण भएपछि न्यौपाने भाग्न सफल भएपनि पाठकलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट पाठकको दाहिने हात, टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । पाठकको झापाको बिर्तासीटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको पत्रकार निकट संघसंस्थाले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् । 
–––