🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आयोजक गुरुङ स्पोर्ट्स हाउसको विजयी सुरुवात

काठमाडौं, १५ मंसिर । गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको बुधबार भएको खेलमा प्रदेश तीनलाई मिश्रित परिणाम हात लागेको छ । 

प्रदेश तीनको रातो टोलीले चितवनको कर्पाकेली युवा क्लबलाई २५–१७, २५–१८ ले हरायो । नेपाल भलिबल संघले प्रदेश तीनको निलो टोलीलाई २०–२५, २५–२०, १५–११  ले हरायो ।

अर्को खेलमातनँहको भिर्लुङले धादिङ एडभान्सलाई  २५–१३, २५–२३ ले हरायो । आयोजक गुरुङ स्पोर्ट्स हाउसले साझायातायातसँगको खेलमा २५–२३, २५–१८ ले सफलता पायो । मडाल स्पोर्ट्स क्लबले प्रदेश एकको रातो टोलीलाई १६–२५, २५–१९, १५–१३  ले हरायो । 

प्रदेश एक सेताले धादिङ एडभान्ससँगको खेलमा २५–७,२५–१९को सफलता पायो । 

ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमा जारी प्रतियोगिताको लागत १५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ  भने उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।

चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता लिग नकआउटको आधारमा हुनेछ । एक टोलीमा पाँच  खेलाडी  समावेश हुनेछन् । चार खेलाडी मैदानमा उपस्थित हुने प्रावधान छ  ।

न्युज कारखाना