🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हचुवाको भरमा शरणार्थी परिचयपत्र किन बाँडिदैछ ?  

काठमाडौं । नेपालमा लुकिछिपी आएका विभिन्न देशका नागरिकलाई शरणार्थीको परिचयपत्र प्रदान गर्न अन्तर्राष्ट्रिय संघ÷संगठन र केही पश्चिमा मुलुकले दवाव दिइरहेका छन् । विदेशीहरूको दवाव थेग्न नसकेर नेपाल सरकार उनीहरूलाई शरणार्थी परिचयपत्र वितरण गर्ने तयारीमा लागेको जानकारी हुन आएको छ । गृहमन्त्रालय स्रोतका अनुसार,शरणार्थी परिचय पत्र वितरणका लागि विभिन्न च्यानलबाट अध्ययन भइरहेको छ । 

मन्त्रालयमाथि परेको राजनीतिक र अन्तर्राष्ट्रिय संघ÷संगठनकोहरूको दवावका कारण मन्त्रालय परिचयपत्र वितरणको अन्तिम तयारीमा लागेको छ । तर, मन्त्रालय स्रोतका अनुसार, उक्त परिचयपत्र कुन कुन देशबाट आएका शरणार्थीका लागि हो भन्ने खुलेको छैन । यद्यपि, नेपालमा पछिल्ला दिनमा तिब्बती शरणार्थी, रोहिग्या शरणार्थी र अफगानी शरणार्थीहरूको संख्या ह्वात्तै बढेको छ । उनीहरूलाई शरणाार्थीका परिचयपत्र वितरणका लागि युरोप र अमेरिकामात्र होइन्, संयुक्त राष्ट्रसंघका एजेन्सीले समेत दवाव दिइरहेकोस्रोत बताउछ । त्यही दवाव थेग्न नसकेर गृह मन्त्रालय शरणार्थी परिचयपत्र वितरणको तयारीमा जुटेको मन्त्रालय स्रोतको दावी छ । 

शरणार्थी परिचयपत्र पाउने तेस्रो देशका नागरिकले उच्च शिक्षा, व्यापार व्यवसाय, तेस्रो देश आवतजावत, बैंक खाता खोल्नलगायतका सुविधा पाउँछन् ।

आफ्नो देश छोडेर नेपाल आएर बसेका नागरिकलाई नेपालले शरणार्थीको दर्जा प्रदान गर्न अन्तर्राष्ट्रिय मानवअधिकार उच्चआयुक्तको कार्यालयले पनि पटकपटक दवाव दिने गरेको थियो । अमेरिकी सरकारले पनि नेपाललाई विभिन्न च्यानलबाट सन्देश पठाइरहेको हुन्छ । पछिल्ला दिनमा नेपालमा अफगानिस्तानदेखि म्यानमार, बंगलादेशका नागरिक नेपाल आउन थालेका छन् । चार वर्षअघिदेखि नेपालमा रोहिग्याहरूको संख्या निकै बढेको छ । उनीहरू नेपालमा शरण लिने क्रममा कपन क्षेत्रमा बसिरहेका छन् । त्यसलाई सहयोग र समर्थन संयुक्त राष्ट्रसंघका विभिन्न निकायले गरेको आरोप लाग्दै आएको छ । नेपाल सरकारलाई समेत जानकारी नदिई ती देशले रोहिग्या, अफगानिस्तानीहरूलाई ट्राभल्स डकुमेन्टदेखि अन्य कागजातमा बनाउन सहयोग गर्ने गरेको छ । 

अमेरिकाले नेपालमा रहेका तिब्बती,रोहिग्या र अफगानी शरणार्थीको हकमा निकै चासो राखिरहेको छ । नेपालमा रहेका सबै तिब्बतीलाई शरणार्थीको परिचयपत्र वितरण गर्न अमेरिकारको दवावरहेकोगृह स्रोत बताउछ । नेपालमा करिब १२ हजार तिब्बती शरणार्थी रहेको गृहमन्त्रालयको तथ्यांक रहेको छ । गृहमन्त्रालयले पहिला वितरण गरेको परिचयपत्रको आधारमा यो संख्या भनिएको हो, तर पछिल्लो एक दशकमा नेपालमा तिब्बती शरणार्थीको संख्या निकै बढेको भन्दै अमेरिकाले नेपाललाई शरणार्थीको दर्जा दिई कागजात दिन भन्दै आएको छ । नेपाल भ्रमणमा आउने हरेक उच्च अमेरिकी प्रतिनिधिको चासो तिब्बती शरणार्थीहरूको सन्दर्भमा भइरहेको छ । 

अहिले भुटानी नागरिकहरू जो नेपालमा आएर बसेका छन् र शरणार्थीको परिचय पाउनबाट छुटेका छन्, उनीहरूका लागि परिचयपत्र वितरण गर्ने तयारी भएको बताइएको छ । त्यस्ता शरणार्थी करिब ४ सय ५० रहेको अनुमान गरिएको छ । झन्डै एक लाख रहेका भुटानी शरणार्थीहरूमध्ये अधिकांश तेस्रो मुलुक पुनस्र्थापना भएपछि करिब ६ हजार भुटानी शरणार्थी भने नेपालमै रहेका छन् । 

सरकारले गम्भीर तयारी र सुरक्षा चुनौतीमाथि  विश्लेषण नगरी शरणार्थी परिचयपत्र वितरण गरिए नेपाल भूराजनीतिक चपेटामा फस्ने विश्लेषण पनि भइरहेको छ । केही दिनअघि मात्रै गैरकानूनी रुपमा नेपाल आएका १२ जना अफगानीलाई नेपालले देशनिकाला गर्ने निर्णय गर्दा अन्तर्राष्ट्रिय मानवअधिकार उच्चआयुक्तको कार्यालयले गम्भीर प्रश्न उठाएको थियो । र, उनीहरूलाई नेपालबाट फिर्ता नगर्न सरकारलाई दवाव दिएको थियो ।