नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा सदस्य बन्न ११४ जनाको आवेदन परेको रहेछ । पत्रकारितामा पाइलै नहालेका तर कविता, गजल, गीतसम्म लेखेकाहरु, दोहोरी गाउनेहरु, अरुले लेखेको गजल फेसबुकमा टाँस्नेहरु र फेसबुक स्टाटस लेखेर दिन बिताउनेहरु रहेछन् । कति प्रजातान्त्रिक छन् यताका पत्रकारका संस्था ! यस्ता आवेदनमा पनि आफ्ना-आफ्ना छानेर सदस्यता दिनुपर्ने हुँदा किचलो भैरहेको छ । समयमै अधिवेशन गर्न नसकेर केन्द्रले पत्र काट्या छ । शाखामा फेरि कोही सुटुक्क केन्द्रीय अध्यक्षलाई ल्याएर अधिवेशन गर्नखोज्ने, कोहीचाहीं महासचिवलगायतलाई जानकारी दिन खोज्ने, कोहिचाहीं सदस्यताको आवेदननै लुकाउने। कोही नयाँ सदस्य बनाउन नखोज्ने, कोही पूर्णरुपले सक्रिय पत्रकारलाई मात्रै सदस्यता दिनुपर्छ भन्ने, कोही आफ्नालाई जस्तो भएपनि दिन खोज्ने । आफ्नो समर्थक, गूटको परेनभने बोनाफाइड पत्रकार भएपनि बन्देज लाउने । केन्द्रिय प्रतिनिधीलाई विदेश ल्याएर घुमाएपछि आफ्नो बन्छ, आफ्नै तजबिजमा चलाउन सकिन्छ भन्ने बुझाई र तयारीले शाखा नेत्रित्वविहीन, भद्रगोल भएको छ । नेपाली पारा !!
-Dadi Sapkota




