🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देउवाको कार्यकालमा कांग्रेसले चन्दाबाटै कमायो ११ करोड

काठमाडौं, २५ मंसिर ।  नेपाली कांग्रेसले पछिल्लाे ६ वर्षमा ११ करोडभन्दा बढी रकम चन्दा संकलन गरेको छ । पार्टीलाई सहयोगका नाममा व्यापारीदेखि शुभेच्छुकसम्मले कांग्रेसलाई करोडौँ रकम सहयोग गरेका हुन् ।

 कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कोषाध्यक्ष सीतादेवी यादवले बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसले सभापति शेरबहादुर देउवाको पालामा ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोग प्राप्त गरेको उल्लेख छ ।

 प्रतिवेदनअनुसार २०७२/०७३ मा ३ करोड २७ लाख ८८ हजार ७६०, २०७३/०७४ मा एक करोड ९० लाख २१ हजार ७१९ रुपैयाँ आम्दानी भएको छ ।

२०७४/०७५ मा २ करोड ९३ लाख ३४ हजार १०४, ०७५/०७६ मा १ करोड ४६ लाख ४० हजार ७०६, ०७६/०७७ मा ६२ लाख २१ हजार ६६१ रकम संकलन भएको छ । २०७७/०७८ मा १ करोड, ३ लाख ४१ हजार ६५८ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ । 

सभापति देउवाको पालमा चन्दासहित दस्तुर तथा नवीकरण, कुपन तथा पब्लिकेसन विक्री र अन्य स्रोतबाट कुल ३१ करोड ९९ लाख ३१ हजार ८५४ रुपैयाँ आन्दानी गरेको छ । 

न्युज कारखाना