🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माओवादी केन्द्र कर्णाली प्रदेशमा चार दिनसम्म नेतृत्व चयन हुन सकेन

 

सुर्खेत, २८ मंसिर : नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको छैन । २०७८ मंसिर २५ गते  शनिबारबाट सुरू भएको सम्मेलनबाट नेतृत्वका लागि आंकाक्षी धेरै भएका कारणले सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो । 

अध्यक्षका आंकाक्षी धेरै भएका कारणले नेतृत्व चयन गर्न सकस भएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।

केन्द्रले वर्तमान अध्यक्ष राजकुमार शर्मालाई नै प्रदेश अध्यक्ष बनाउन दबाब दिएको छ भने अन्य नेताहरूले अध्यक्षमा आफ्नो दाबी छाडेका छैनन् । 

माओवादीका एक नेताका अनुसार केन्द्रले जे भन्छ त्यही हुने एक नेताले बताए । सकेसम्म पुरानो कमिटीलाई नै निरन्तरता दिने कि भन्ने बारेमा पनि नेताहरूमा बहस भइरहेको उनले जानकारी दिए ।

ती नेताका अनुसार २११ जनाको प्रदेश कमिटी आजै(मंगलबार) बनाउन र नौ जना पदाधिकारीको टुङ्गो केन्द्रले लगाउने विषयमा छलफल चलिरहेको उनले बताए । ‘विभिन्न विकल्पका विषयमा छलफल जारी छ’, उनले भने, ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’

न्युज कारखाना