🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस उपसभापतिमा पूर्ण खड्का जितउन्मुख, गच्छदार र गुरुङबीच कडा टक्कर

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन् । खड्काले अरु उम्मेदवारभन्दा दुई सय मतले लिड गरिरहेका छन् । यहीँ अग्रता कायम रहे खड्काको जित सुनिश्चित छ ।

सोमबार सम्पन्न मतदानमा खसेको ४६८१ मतमध्ये बुधबार राति केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ३५५८ मत गन्दा १६३४ मत प्राप्त गरेका खड्काले अग्रता बढाउँदै लगेका छन् ।

कांग्रेसको दुई उपसभापतिमा खड्कापछि विजय गच्छदार १४४३ मतसहित दोस्रो स्थानमा छन् । गच्छदारभन्दा ६ मतले पछाडि धनराज गुरुङको १४३७ मत छ । गच्छदार र गुरुङबीच कडा टक्कर परेको छ । उपसभापतिको दौडमा चन्द्र भण्डारी भने पछाडि परेका छन् । उनको १२५७ मत छ ।

पाँचौ नम्बरमा सुजाता कोइरालाले ४३८ मत प्राप्त गरेकी छन् । महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन् । १९ मत बदर भएको छ । 

अब ११२३ मत गन्न बाँकी छ । 

न्युज कारखाना