🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पदीय बाँडफाँड नै  एमाले–माओवादी केन्द्रको पार्टी एकतामा  समस्या !  

काठमाडौं । २०७४ असोज १७ मा दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले पार्टी एकताको आधार सार्वजनिक गरे । त्यसयता निरन्तर दुई दलबीच एकता र सहकार्यबारे छलफल र प्रयास भइरहेको छ तर पनि औपचारिकरुपमा एकता भने भइसकेको छैन । केही आन्तरिक र बाह््य कारणले एकता प्रक्रियामा ढिलाई भइरहेको बताइन्छ । तर, आउदो २०७५ वैशाख ९ गते काठमाडौंमा पार्टी एकता घोषणा गर्ने अनौपचारिक मिति तय भएको छ  । दुई दलले गठन गरेको कार्यदल तहमा उक्त दिन तय भए पनि पार्टी अध्यक्षहरुको तहमा भने सहमति जुटिसकेको खबर छैन । तर, पनि पार्टी एकता हुने कुरामा धेरै शंका भने छैन । 

 २०७४ चैतको पहिलाो हप्तासम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले दलहरु व्यस्त हुनेछन् । त्यसपछि सरकार विस्तार हुनेछ । सरकारमा जानेहरुलाई सकेसम्म पार्टीमा कम जिम्मेवारी दिने रणनीतिका कारण पनि सरकार विस्तारमा ढिलाई भएको माओवादी नेताहरुको भनाइ छ । त्यसैले पनि २०७५ वैशाख ९ मा पुगेको अनुमान गरिएको छ । 

विचार हरायो, पदको लफडा 

माओवादी केन्द्रले मार्गदर्शक सिद्धान्तको रुपमा बोकेको माओवाद नया पार्टीमा मार्गदर्शक सिद्धान्त रहने छैन । घोषितरुपमा उक्त विषय विशेष महाधिवेशनबाट टुंगो लगाउने भन्दै सायद छोडिनेछ । त्यसमा माओवादीका नेताहरु पनि सहमत हुने अवस्थामा पुगेको बताइन्छ । अहिले माओवादी केन्द्रका नेताहरु माओवाद, जनयुद्ध र एक्काईसौं शताव्दीको जनवादभन्दा पनि आफ्नो पदीय सुरक्षा र ग्यारेण्टीको दौडधुपमा रहेको महसुस हुन्छ । माओवादीका नेताहरुमध्ये ककसलाई पदाधिकारीमा समट्ने भन्ने नै टुंगो लाग्न सकेको छैन । 

 माओवादी केन्द्रका केही आकांक्षी नेताहरु जो पहिला पदाधिकारी थिएनन् उनीहरु एकीकरणपछिको नया वाम पार्टीको पदाधिकारी बन्न खोजिरहेका छन् । कृष्णबहादुर महरालाई अब पार्टीको जिम्मेवारीबाट पन्छिने वातावरण भएपछि केही सहज अवश्य भएको चर्चा पनि पेरिसडांडातिर सुरु भएको छ । रामबहादुर थापा वादल, नारायणकाजी श्रेष्ठ टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर वस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतका नेता यसभन्दा पहिला पदाधिकारी हैसियतमा थिए ।

यी सबै नेतालाई नया बन्ने नेपाल कम्युनिष्ट पार्टीमा समेट्न सकिने संभावना देखिदैन । त्यसले गर्दा माओवादी केन्द्रका को को नेता पदाधिकारीमा पर्ने भन्ने लडाई पनि भित्रभित्रै चर्किदैछ । जसमा मन्त्री र पार्टीको पद बाँडचुड गरेर भएपनि सहमति जुटाउने प्रयास भइरहेको बताइन्छ । यो समस्या एमालेमा भने ठूलो छैन । अहिले जो जुन पदमा छन् त्यसै अनुसार संरचना बनाउने प्रयास भइरहेको एमालेका एकनेताले बताए । नत्र एमालेका पदाधिकारी तहका नेता पोलिटव्युरोमा झर्नुपर्ने अवस्था छ । माओवादी केन्द्रले माओवाद मात्रै छोडेको छैन, जनयुुद्धलाई पनि अनौपचारिकरुपमा छोडेको छ । महाधिवेशनमा एक्काईसौं शताव्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवादवीच मात्रै बहस हुनेछ । त्यसले गर्दा माओवादी वैचारिकभन्दा पनि पदीय भागबण्डाका आधारमा पार्टी एकता गर्दैछ । 

 दुई दलका नेताहरु संलग्न कार्यदलमा अहिले नयाँ  पार्टीको सांगठानिक संरचना तय भइसकेको छैन, ओली र प्रचण्ड अध्यक्ष हुनेबाहेक । तर, अहिलेको एमालेको सांगठानिक संरचनामा खासै फेरबदल नगर्ने मनस्थिति नेताहरुको रहेको बताइन्छ । एमाले नेताहरुको अनुसार दुवै पार्टीको केन्द्रीय समितिलाई जस्ताको तस्तै मिलाउने तयारी पनि छ । त्यसो हु“दा माओवादी केन्द्रको ९९ सदस्यीय केन्द्रीय सदस्य नया“ बन्ने वाम पार्टीका भाग्यमानी नेता हुनेछन् । 

५ लाख जनता उतार्ने 

२०७५ वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिनलाई दुबै वाम पार्टीले एकता गर्ने अनौपचारिक सहमति गर्र्दैछन् र त्यसै अनुसार तयारी गर्न लागिएको स्रोतको दावी छ । वाम पार्टीको एकता दिनप्रतिदिन लम्बिदै जाँदा जनमानसमा आशंकाले घर गर्न पाएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको भित्री अविश्वास विश्वासमा परिणत भएमा दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचमा एकता अवश्य हुनेछ ।

काठमाडौंमा भव्य कार्यक्रमका बीचमा पार्टी एकता घोषणा सभा गर्ने भन्दै नेताहरुले जनसंगठनमा सूचना प्रवाहित गरेको पनि थानहा भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि कम्तीमा पनि काठमाडौंमा ५ लाख मानिस उतारेर पार्टी एकता घोषणा गर्ने भन्दै विद्यार्थी संगठनका नेताहरुलाई सूचना दिएका छन । त्यसैअनुसार सोच्न पनि भनेको एक अखिल क्रन्तिकारीका विद्यार्थी नेताले बताए । (२०७४ फागुन २८ गतेको साँघु साप्ताहिकबाट)