काठमाडौं । एमालेमा भोजुपरका दुई नेता शेरधन राई र कृपासुर शेर्पाको अस्वस्थ आन्तरिक द्वन्द्वचर्को छ । त्यो चर्को विवाद र अन्तरसंघर्षअस्वस्थ र अराजक शैलीमा परिणत भएको झन्डै ५ वर्ष हुन लाग्यो । एकले अर्कोलाई सिध्याउन अनेकथरिका हर्कत हुने गरेकोएमालेका नेताहरू बताउछन् । त्यसको ज्वलन्त प्रकरण अध्यक्ष केपी ओलीले राम्रैसँग देखेकोएमालेका नेताहरू बताउँछन् । एमालेको दशौं महाधिवेशनमा त्यही विवाद र द्वन्द्वकै कारण शेर्पा एमालेका राजनीतिमा पछाडि धकेलिएका छन् ।
अध्यक्ष ओलीले दशौं महाधिवेशनमा शेर्पालाई केन्द्रीय कमिटीमा ल्याएनन् । महाधिवेशनस्थल चितवनमा चयन भएका ३०१ जनामा पनि नपरेका शेर्पा काठमाडौंमा २६ मंसिरमा मनोनित ४० जनाभित्र पनि पनि परेनन् । चितवनमा केन्द्रीय कमिटीमा नपरेका शेर्पालाई ओलीले काठमाडौंमा मनोनित गर्छन् भन्ने अनुमान थियो । तर, ४० जनाभित्र पनि नपरेका शेर्पालाई अध्यक्ष ओलीले किन रुचाएनन्? भन्ने प्रश्न एमालेमा अहिले चर्चाको विषय बनेको छ ।
कुनै बेला ओलीको विश्वासपात्र भएर नै पर्यटनमन्त्री समेत भएका शेर्पा अहिले केन्द्रीय कमिटीमा नपर्नुमा चाहिंभोजपुरका अर्का नेता शेरधन राईको भूमिका बढी देखिएको छ । एमाले स्रोतका अनुसार, शेर्पालाई केन्द्रीय कमिटीमा आउन नदिन राईले अध्यक्ष केपी ओलीसम्म विभिन्न च्यानल प्रयोग गरेर लविङ बढाएकोआरोप छ । त्यतिले पनि नपुग्ने भएपछि राईले राष्ट्रपति कार्यालयको पनि दुरुपयोग गरेको आरोप छ । राई अहिले डबल प्रमोशन पाउने नेतामा परेका छन् । संचार मन्त्री, मुख्यमन्त्री हुँदा देश र एमालेको हितमा कुनै उपलब्धिमूलक काम नगरे तापनि अध्यक्ष ओलीलाई चाकडी गरेकै कारण जुनियर हुँदाहुँदै पनि केन्द्रीय कमिटीमात्रै परेका राई अहिले एकैचोटी स्थायी कमिटीमा पुगेका छन् ।
टंक कार्की,श्रीमाया थकालीजस्ता नेता पोलिटब्युरोमा नपर्ने नरेश खरेल, कृष्णभक्त पोखरेल, दीपकप्रकाश भट्टजस्ता नेता केन्द्रीय कमिटीमा नपर्ने तर राई भने डबल प्रमोशन पाएर स्थायी कमिटीमा पुग्नुलाई पनि एमालेभित्र चर्चाको विषय भएको छ । तिनै राईले कृपासुर शेर्पालाई केन्द्रीय कमिटीमा आउन नदिने पहल गर्नुको कारण भने बालिका खड्का प्रकरण जोडिएको स्रोत बताउछ ।
शेरधन राईसँग कुनै बेला एमालेको युवा संघमा काम गरेको बताउने बालिका खड्काले बलात्कारको आरोप लगाउने गरेकी छिन् । पार्टी कार्यालयदेखि विभिन्न सरकारीका निकायसम्म पुगेकी खड्कालाई पर्दा पछाडिबाट कृपासुर शेर्पाले उचालेको आरोप राई पक्षको रहेको छ । राईलाई यही एजेण्डाले कमजोर बनाउन सकियो भने भोजपुरमा आफू स्थापित भइने सपना बोकेर शेर्पाले आफ्नो चरित्रहत्या गरेको दावी राईको छ । त्यही घटनालाई निरन्तर उठाएर अध्यक्ष ओलीलाई कन्भिन्स गरेको एमाले नेताको दावी छ ।
त्यसो त, राईले पनि शेर्पा पर्यटनमन्त्री भएको बेलामा एक दलित महिलासँगको अनैतिक सम्बन्धबाट जन्मिएको छोरालाई शेर्पा नागरिकता नदिएको भन्दै चर्को विवाद उचालिएको थियो । शेर्पा पर्यटनमन्त्री भएलगत्तै उक्त काण्ड सार्वजनिक भएको थियो । अध्यक्ष ओलीले शेर्पालाई बोलाएर उक्त काण्ड मिलाउन सुझाव दिएपछि शेर्पाले छोरालाई नागरिकता दिलाएका थिए । मन्त्री भएलगत्तै उक्त काण्ड उचालिनुमा राईको भूमिका रहेको शेर्पाको दावी थियो ।
यी दुईनेताबीच यस्तै प्रकरणले एकले अर्कोलाई कमजोर बनाउने प्रयास भइरहँदा यसले एमाले भोजपुरलाई कमजोर बनाउने र विपक्षीले यसको फाइदा उठाउने नेताहरूको बुझाईरहेको छ । भोजपुरका नेताहरूले राईलाई स्थायी कमिटी सदस्य बनाउन र शेर्पालाई केन्द्रीय कमिटी सदस्य बनाउन अध्यक्ष ओलीको निवासमा पटकपटक धाएका थिए । राई स्थायी कमिटी भएपनि शेर्पा भने केन्द्रीय कमिटीमा आउन सकेनन् । राईले शेर्पालाई रोकेपछि आउँदो निर्वाचनमा भोजपुरमा एमाले कमजोर हुने विश्लेषण पनि भोजपुरका नेताहरूले टिप्पणी गर्न थालेका छन् । भूगोलमा राईको भन्दा शेर्पाको पकड राम्रो रहेको ती नेताहरू बताउँछन् ।




