नेपालको विमानस्थलमा धेरै कमि-कमजोरी छन्। खतर्नाक बनिसकेको छ यहाँको विमानस्थको ट्राफिक कन्ट्रोल सिस्टम। धान्न सक्दैन २१ औं शताब्दीको हवाई अवतरण स्थल । म हालै काठमाण्डु अवतरण हुँदा पनि २० मिनट पोखराको आकाससम्म उडाएर, फर्केर बल्ल जहाज अवतरण हुन सकेको हो । हरेक यात्रुबाट यस्तै सुनियो । समाजवाद, माओवाद, अनेक तन्त्र र वादमा जनताका दिमाग भुट्दै सत्तामा पुगेर नेपालको आधारस्तम्भ र मौलिक चरित्र मास्नेहरूले नेपाललाइ कुन निरीह र अव्यवस्थामा तिनले पुर्याए होस छैन ।
यो सारै दुखद स्थिति हो। राजधानीका सडकमा जनताका सास्ती, ट्राफिक अराजकता, दलीय र यातायात सिण्डिकेट, शिक्षा, स्वास्थ्यमा बेपार र दलीयकरण, भ्रष्टाचार र विदेशी शक्तिका अगाडि घुँडा टेकेर देशको लागि सिन्को नभाँच्नेहरूबाट यस्तो विमानस्थलको खतरनाक अवस्था कसरी सुधार गर्न पहल हुन्छ र ? जनता निरीह भोटर मात्र बनेका छन्, जसको आवाज कसैले सुन्दैन; सिण्डिकेट बनाएर हिंसा मच्चाउन सक्ने भए मात्र सुनिईन्छ । आम नागरिकका पीडा सुन्ने कोही देख्दिन ।
-Kabita Poemis



