🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जसपामा उपेन्द्रलाई त्याग्दै बाबुरामलाई साथ दिंदै राजकिशाेर र इस्तियाक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का केही नेताहरुले कित्ता परिवर्तन गरेका छन् । राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हैसियतमा अध्यक्षद्वयको प्रावधान कार्यान्वयन गर्ने अडानमा रहेका बाबुराम भट्टराईले केही मधेश केन्द्रित नेताहरुको पनि साथ पाउन थालेकाे खबर छ ।

दुईवर्ष अघि तत्कालीन संघीय समाजवादी पार्टी विभाजनमा भूमिका खेलेको आरोप लागे मोहम्मद इस्तियाक राईलाई उपेन्द्र यादवले अहिले मन्त्री नबनाएपछि उनी पनि कित्ता परिवर्तन गरेर बाबुरामको लाइनमा खुलेकाे स्राेत बताउछ ।

राई जसरी पनि मन्त्री हुने लाइनमा थिए । उपेन्द्र यादवले विश्वास नगरेका कारण बाबुरामको कित्तामा लागेका राई बाबुरामको कोटाबाट मन्त्री हुन चाहेका थिए ।

 जसपा अध्यक्ष उपेन्द्र यादवनिकट केन्द्रीय कार्यकारिणी सदस्यका अनुसार मन्त्रीका लागि बाबुरामको कित्तामा लागेका राईलाई अन्तिममा उपेन्द्र यादवले नाम काटिदिएका थिए ।

जसपाभित्र चलेको चर्चा अनुसार राईले आफू मन्त्री कर्न्फम हुने भन्दै बाँकेका आफ्ना कार्यकर्तालाई काठमाडौं भोज पनि खुवाएका थिए । तर, अन्तिम दिन नाम काटिएपछि रुष्ट राई अहिले बाबुरामको साथमा लागेर बरु नयाँ पार्टी बनाउने सोचमा पुगेका छन् ।

 त्यसैगरी, विगतमा उपेन्द्रसँगै काम गरेका तर वीचमा पटकपटक विभाजित भई पार्टी चहारेका राजकिशोर यादव पनि अहिले बाबुरामकै लाइनमा छन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा राजकिशोर यादव सञ्चारमन्त्री थिए ।

जसपाका नेताहरुको भनाइमा त्यतिबेलाको लिगेसीकै अहिले राजकिशोर यादवले उपेन्द्रको लाइन छोडेर बाबुरामको लाइनमा खुलेकाे जसपा स्राेत बताउछ।

  बाबुरामनिकट एक केन्द्रीय कार्यकारिणी सदस्यले दिएको जानकारी अनुसार, महेन्द्र राय यादव पनि बाबुरामकै लाइनमा उभिएका छन् । अहिले महेन्द राय यादव कृषि मन्त्रालय सम्हालिरहेका छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतोसँगै राजपामा रहेका महेन्द्र राय यादवलाई जसपा विभाजनको बेलामा बाबुरामले नै उपेन्द्र यादवको पक्षमा ल्याएका थिए । त्यसैले पनि अहिले बाबुरामकै लाइन अनुसार काम गरिरहेका छन् ।

  बाबुरामको लाइनबाट महेन्द्र राय यादव कृषि मन्त्री बन्ने भएपछि बाबुरामको लाइनका अर्का सांसद राईको नाम काटिएको पनि जसपाभित्र चर्चा हुने गरेको छ । तर, बाबुरामले भने हरेक नियुक्तिमा ५० प्रतिशतसम्म हिस्सा खोज्ने गरेका कारण त्यतिबेला महेन्द्र राय यादव र मोहम्मद इस्तियाक राईको नाम सिफारिश गरेका थिए ।

उपेन्द्र यादवले आफ्नो कोटाबाट रेणु यादव र रामसहाय यादवलाई मन्त्री बनाएका छन् । अशोक राई समूहबाट राजेन्द्र श्रेष्ठ र बाबुरामको लाइनबाट महेन्द्र राय यादव मन्त्री भएको जसपा स्रोतको दावी छ ।

  त्यसैले अहिले केन्द्रीय कार्याकारिणी समितिमा बाबुरामले बहुमत पुर्याउन सक्ने विश्लेषण भइरहेको छ । पार्टीमा ४० प्रतिशत पुर्याउने तर संसदमा पुर्याउन नसक्ने भएका कारणले मात्रै बाबुराम अहिलेसम्म जसपामा अडिइरहेको चर्चा पनि जसपाभित्र भइरहेको छ ।

अहिले पार्टी विभाजन गर्न नसक्ने भएका कारण बाबुराम चुनावको मुखमा पार्टी विभाजन गरी महन्थ ठाकुरसँग मिलेर फेरि नयाँ प्रयोग गर्ने सुरुमा रहेको उपेन्द्र यादवनिकट जसपाका नेताको दावी रहेकाे छ ।