🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजेशपायल राई म्युजिक एकेडेमी र केन्द्रमोसन पिक्चर्सले रुक्सना लिम्बूकाे भिडियो बनाइदिने

धरान।द भ्वाइस किड्स नेपालकी फाइनलिस्ट रुक्सना लिम्बूलाई धरानमा भव्य स्वागत गरिएके छ । बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार भव्य कार्यक्रक गरिएकाे हाे ।

कार्यक्रममा रुक्साना लिम्बू जिताऔं अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए । साे अवसरमा रुक्साना लिम्बू जिताऔं अभियान धरानले एउटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । गीतमा शब्द मिना सिंगक लिम्बू र संगीत सेमिहाङ सिगंकको हुनेछ।

मोसन पिक्चर्सले दुईवटा म्युजिक भिडियो निर्माण घोषणा, सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एउटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । यस्तै राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेशपायल राई फाउन्डेसनको तर्फबाट दुईवटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । जसमा राजेशपायल राईको समेत स्वर तथा संगीत रहने छ।

कार्यक्रममा अभियान टिमलाई गीत निर्माणका लागि बालकृष्ण सिंगकले सहयोगार्थ १० हजार र रुक्सनाको आगामी प्रोजेक्टका लागि व्यवसायी टंक लिम्बूले २५ हजारको चेक हस्तान्तरण गरेका थिए । न्युज कारखाना