🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भ्यालेन्टाइनमा सँगै हुने छैनन् विकी र कटरिना

काठमाडौं । बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी कौशल र कटरिना कैफ विवाहपछि हरेक उत्सवलाई सँगै मनाउने पूर्ण प्रयास गरिरहेका छन् । तर, विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन् ।

कटरिना आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका कारण विकीसँग भ्यालेन्टाइन मनाउन नपाउने भएकी हुन् । अभिनेता सलमान खान र अभिनेत्री कटरिनाको ‘टाइगर ३’को अन्तिम सुटिङ तालिका जनवरीमा हुनुपर्ने थियो । तर, कोभिड १९ को बढ्दो संक्रमणका कारण फिल्मको दिल्ली सेड्युल रोक्नु परेको थियो ।

अहिले निर्माताहरूले नयाँ सुटिङ तालिकाको योजना बनाएका छन् । उनीहरू मध्ये फेब्रुअरीमा फिल्मको अन्तिम सेड्युल पूरा गर्ने योजनामा छन् । यो समय तालिका १५ दिनको हुनेछ । जसमा चेज सिक्वेन्समा फोकस गरिनेछ ।

निर्देशक मनिष शर्मा फिल्मको केही एक्सन दृश्य नयाँ दिल्लीको सडकमा खिच्न चाहन्छन् । फिल्म नयाँ दिल्लीको ऐतिहासिक स्थानमा खिचिनेछ, जसमा लाल किल्ला पनि पर्दछ । प्रोडक्सन टिमले कोभिड प्रोटोकललाई पूर्ण रुपमा पालना गर्ने तयारीमा छ । सलमान र कटरिना १२ फेब्रुअरीसम्ममा नयाँ दिल्लीमा पुग्नेछन् र १४ फेब्रुअरीबाट फिलमको काम सुरु गर्नेछन् ।