🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नया” रक्षामन्त्रीलाई सैनिकहरूको खुलापत्र माननीय रक्षामन्त्रीज्यू †

नेपाली जनताको मन जित्ने र राम्रा काम गर्ने मन्त्रीहरूले विभिन्न निकाय अन्तर्गतमा गएर काम गरेर जनताका मन जित्न सफल भएको कारण आज जनताको आ“खामा छाएको पाइन्छ र छाएका पनि उदाहरण छन् । तर, नेपाली सेना रक्षा मन्त्रालय अन्तर्गत भएपनि आजसम्मका रक्षा मन्त्रीले कुनै राम्रो काम गर्न सकेनन् । किन कि कोही पनि त्यस्ता मन्त्री वा प्रधानमन्त्रीहरू आएनन् । 
 हामीलाई लाग्छ नेपाली सेनामा धेरै नराम्रा कुरा, नियम विपरीतका काम भएको वाहिर आएको छैन तर के कति हुने नहुने, आफन्तवाद, चाकडीका कारण नियम तोड्ने, बजेट र शक्तिको दुरुपयोग गरेर चेन अफ कमाण्ड तोडेको उदाहरण धेरै आएपनि आजसम्म कसैले विरोध र चासो देखाएका छैनन् । प्रधानमन्त्रीको जनतासंग सीधा कुरा भन्ने कार्यक्रममा सेनाको सीधै घोटाला गरेको सार्वजनिक गर्दा पनि कसैले चुइ“क्क बोल्न र पीडितलाई न्याय दिलाउने पहल गर्न सकेनन् । यो कुरा सोच्नु पर्ने बाध्यता छ, रक्षा मन्त्रीज्यू । 
नेपाली सेनामा भएका नराम्रा र त्यहा“ भएका जादती कसलाई थाहा होला र ? थाहा छ भने केवल सैनिकबाट अवकाश पाएका वा वहालमा रहेर पीडित सैनिकलाई मात्र थाहा होला । नेपाली सेनामा आफन्तवाद, चाकडी र सेवकीहरूको मूल पलाएको छ । राम्रो काम गरेर हैन गुलामी गरेर, सेवा गरेर, कोसेली टक्र्याएर, चाकडी गरेर पदोन्नति, सैनिक सहचारी, शान्ति सेना, अब्जर्भर खाने गिरोह छुट्टै छ सेनामा ? दलाली, आफन्त गिरोह निकै सक्रिय भएका छन् नेपाली सेनामा । 
 प्रमोशनमा, तालिममा, विदेश कोर्र्षमा, धन कमाउन मोजमस्ती गर्ने स्थानमा, जर्नेलहरूका आफन्तहरू, दलाली र चाकडीमा रम्ने र पैसा असुल्ने र अरु सोझासाझा सैनिकको कुरा नसुन्ने, बोलेमा विकटस्थानमा सरुवा वा पाउने सुविधा समेत रोक्का गर्ने गर्छन् भनेर डराउन बाध्य छन् । प्रधानसेनापतिहरू र जर्नेलहरूले आफ्ना परिवारको, श्रीमतीको, नातेदारको पछि लागेर सेना चलाएको उदाहरण धेरै छन् । रिटायर्ड भएका जर्नेललाई फेरि युनिफर्म लगाएर फेरि प्रमोशन गर्ने, तारा हालेर गाडी सुविधा, दिएर राखिएका घटना पनि हाम्रँे अनुशासित भनिएको सेनामा देख्न भोग्न पाइन्छ । तर त्यही पदमा अरु कुनै दक्ष सेना भए २ दिनपनि टिक्न सक्ने थिएनन् होला ? 
 कुनै पनि भूपू सैनिकलाई वा पहिला भएको ईतिहास हेर्नुस् रक्षा मन्त्रीज्यू राष्ट्रिय सेवा दलमा युनिफर्म लगाएर बस्ने अधिकार अरु जर्नेल सरह पाउने गाडी, तारा हाल्ने नियम थिएन र छैन पनि । तर,  अहिले त चीफसा’बका साख्खे दाईलाई कसले छुने ? सरकारले त के रक्षा सचिवले हुन्न नियम छैन भन्दा पूर्वसचिव ईश्वरीप्रसाद पौडेलको सरुवा गरियो । उहा“ निर्वाचन आयोगमा आयुक्त हुनु हुन्छ सोधे हुन्छ । 
रक्षा मन्त्रीज्यू † सरकारी कर्मचारी जनताको सेवा र काम गर्न आएका हुन् । लोकसेवाले कुनै पनि संस्था र पार्टीको झण्डा हैन सरकारको नून खाएर बसेका कर्मचारी हुन तर यो संघ, युनियन किन ? रक्षा मन्त्रालयमा त झन स्थापनाकालदेखि नै युनियन र संघका कर्मचारीले न काम गरेका छन् न कसैलाई टेरेका छन् । बढी राजनैतिक रक्षा मन्त्रालयका कर्मचारीमा छ किन हटाईदैन यो युनियन र संघ ? किन कि तपाई त पहिला देखि नै यस्ता संघ÷संस्थाको विरोधी भन्ने सुनेका थियौं । यहा“ त म युनियनको, म संघको भनेर राजनीतिक गर्दै जागिर खाएर मस्तले हिंडेका छन्  कर्मचारी । अनि कसरी हुन्छ काम के युनियन संघ भन्दैमा नियम र निजामती कानून लाग्दैन ? आज गाउ“पालिका, नगरपालिका र अन्य प्रदेशमा कर्मचारी जान र सरकारले खटाउन नसकेर काम नभएर जनता पहिला झै खै त सिंहदरबारको शक्ति गाउ“मा आएको भन्दै कुरा गर्न थालेका छन । तपाई केही गर्छु भनेर रक्ष्ाँ मन्त्रालय आउनु भएको हो भने नेपाली सेनामा अनुशासन कायम र रक्षाका कर्मचारी परिवर्तन गर्नुहोस् । अनि सेना र सेनामा भएका ज्यादती निर्मूल पार्नुस् । नेपाली सेनाका जब्बर जर्नेलहरू त दुई दिनका लागि आउने रक्षा मन्त्रीलाई चाप्लुसी र चाकडी गरेर भुलाउन माहिर छन् ।  दुईचार स्थानमा हेलिकप्टर र भोज खाएर हिजोका रक्षा मन्त्री विदा भए । तर, सेनाभित्रको मनपरीतन्त्र र भ्रष्टाचारका बारेमा नागरिक सरकार र रक्षा मन्त्रीले आजसम्म कुनै काम गर्न सकेको पाइएको छैन । 
पूर्व रक्षामन्त्री खा“डको पालामा नभएको ६ महिना अगाडि नै रथीको म्याद थपेर शुभलाभ हात पारे रे । ४० दिनमा थपिने म्याद ६ महिनामा अघि किन थपियो मनन गर्न जरुरी छ । 
  के तपाईलाई साथ दिने विश्वासिला कर्मचारी वा स्टाफ छैनन् ? जस्तै हिजो उर्जा मन्त्रालयमा मन्त्रीज्यूलाई साथ दिने कुलमान थिए । तपाई पनि केही गर्न र परिवर्तन चाहने हो भने भए आफ्ना विश्वासिलो मान्छे राखेर केही ऐतिहासिक काम गरेर सेनाका पीडित सैनिक र तल्लो दर्जाको मुहार ह“सिलो बनाई दिनुस् नवनियुक्त रक्षा मन्त्री भीमसेनदासज्यू ? 
 खसैनिक रासनमा बर्षौंदेखि सिपाहीको शोषण गर्ने, गुणस्तरहीन खानापन, खाद्य, सामान र नराम्रो काम गर्ने ठेकेदारलाई हटाएर नया“ जनतामुखी ठेकेदारको व्यवस्था गर्नुस् र हरेक सैन्य बन्दोबस्तीका सामान र इन्जिनियर विभागले निर्माण गर्ने कुरामा ध्यान दिनु जरुरी छ । सेनाका पुराना आसेपासे करार नियुक्ति पाएका जर्नेल, कर्णेल र आफन्तवाद हटाएर नया“ नियमकानून अनुसार, नेपाली सेनामा परिवर्तन ल्याउनेतर्फ सोच्नुस् ।
सेनाको विभिन्न निकाय र स्थानमा हेर्नुस् ः सैनिक स्कूल, विद्यालय, कलेजहरूको अवस्था बुझ्नुस् । अस्पताल र मेडिकल कलेजमा, जनताका छोराछोरी पढ्ने भनेर खोल्यो हाकिमकाले मात्र सुविधा लिएका छन् ।  े
सैनिक अस्पतालमा औषधि डेटएक्स्पायर र कुहिएका, उपचार गर्न गयो उल्टोउल्टो गरेर पठाउने, एउटा सिटोमाल लिन झापाबाट सिपाही आउछ तर छैन पछि आईजा भन्ने गर्छन् । तर सेनाको डाक्टरको क्लिनिकमा सबै औषधि पुग्छन् । 
सेनाको  पेट्रोल पम्पमा पुराना उडुसहरू, चाकडी गर्नेहरू बर्षांै देखि काजमस्ती गरेर करारमा बसेका छन् । साइकलमा अफिस आउने आज कार र मर्सिडिज चढ्छन । सिपाहीले विदेशमा कमाएको डलरबाट कल्याणकारी कोषको रकम श्रीमती संघले मस्ती र मोज गर्ने भतेर र नाचगान गर्ने बजेट भएको छ । तर, खै नेपाल सरकारले अनुगमन गर्न सकेको ? 
 सैनिक महिला अधिकृत चीफसावको पाश्र्ववर्तिमा २÷३ महिना बसेपछि विदेश तालिममा वा शान्ति सेनामा जाने मौका पाउछन् ।  सैनिक महिला अधिकृतहरू जुनियर हुन् वा समय नपुगेको होस् तर उनीहरूले स्टाफ बसेको २÷३ महिनामै मौका पाए रे किन कसरी ? सबैलाई एउटै सैनिक नियम र कानून लाग्ने हैन र ? मौखिक शासन त राजतन्त्र वा तानाशाहीमा मात्र हुन्छ भन्थेें ? नया“ रक्षा मन्त्रीज्यू यस्ता कुरा हेर्दै जानुस् र सक्नु हुन्छ भने परिवर्तन गर्नुस् । रक्षा मन्त्रीज्यूले केही सुधार गर्न सक्नु भयो भने पहिलो रेकर्ड र ईतिहास बन्ने छ । 
– नेपाली सेनाको भलो चाहने सैन्य अधिकृतहरू