🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माओवादी दमकले दियो पार्टी हितविपरीत काम गर्ने नेतालाई ‘रातो कार्ड’

झापा । माओवादी केन्द्र दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ । केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढीकरणमा लागेको माओवादीले मूल्यांकन पद्धतिको सुरुवात गरेको छ । पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको हो । 

पार्टीको दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई बिहीबार बसेको पार्टी नगर सचिवालय बैठकले ‘रातो कार्ड’दिएको अध्यक्ष रवि बस्नेतले जानकारी दिए । दमक(३ स्थित हंसेदुम्से सामुदायिक वनको चुनावमा पार्टीले गरेको गठबन्धनविरुद्ध कोषाध्यक्ष पदमा उम्मेदवारी दिएपछि दाहाललाई वाार्षिक कार्ययोजना मूल्यांकनको आधारमा ‘रातो कार्ड’ दिएको अध्यक्ष बस्नेतले बताए । यो माओवादी केन्द्र दमकको नयाँ अभ्यास हो । विगतमा मूल्यांकन पद्धति नहुँदा पार्टीमा अराजकता र निरासा बढेको अध्यक्ष बस्नेतको बुझाइ छ । 

उनलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत भएको उनले बताए । ‘उहाँले पार्टीको उम्मेदवारलाई असहयोग गर्नुभयो । उहाँको पार्टी सदस्यता किन खारेज नगर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ अध्यक्ष बस्नेतले भने । माओवादी केन्द्र दमकले प्रत्येक महिना  र वार्षिक रूपमा वडाहरूको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने कार्ययोजना पास गरेको छ । पार्टी कमिटीमा आबद्धलाई कार्यप्रगतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेंलो र रातो कार्डको व्यवस्था गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।