🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली र अङ्रेज सेनापतिसँगको मित साईनोले नेपालकाे भूभाग नै खायाे !

    नेपाली सेनाको  गुरिल्ला युद्धकला र वीरताले गर्दा अङ्रेज सेनालाई आश्चर्य पारेको थियो। उनीहरु गोर्खाली  अर्थात " गुर्खा " भन्थे। नेपाली सेनाको तालिम, हतियार, युद्धकला र सैनिक संगठनको बारेमा अङ्रेजहरु जासुसी गर्ने गर्दथे।

  उनीहरुको जासुसी संयन्त्र "धर्म का नाममा  आएका पादरीहरु" हुन्थे। बडामहाराज श्री ५ पृथ्वी नारायण शाहको उदयपछि र अरु राजाहरुले समेत पादरीमार्फत जासुसी हुन दिएनन् । अङ्रेज सेनालाई नेपाली सेनाको कमजोरीहरू जसरी पनि पत्ताे लगाउनै पर्ने  अवस्था थियो।

  यही बीचमा नेपालीहरु काङ्कडा  सम्म पुगे । तर काङ्कडा र पन्जाबी सेनाविरुद्ध लडेको युद्धबाट हार खाइ सतलज नदी पूर्व फर्केर   राज्य चलाऊछन् । र, बडा काजी अमरसिंह आर्की  राज्यको बघाटमा रहेको दरबारमा  "आर्की किल्ला " मा बसी नेपाल दरबारको राजकाज चलाऊथे ।

 त्यस बखत पन्जाबको आसपासमा अङ्रेज सेना पुगिसकेको थियो। लुधियानामा सैनिक हेड क्वार्टार बनाइ कर्नेल डेभिड अक्टरलोनी  बसेका थिए भने नेपालीलाई कसरी रोक्न र ठोक्न सकिन्छ भन्ने जासुसी गर्दै थिए ।

 यसै बीचमा अङ्रेजी सेनामा काम गर्ने सल्लाहाकारहरुले कर्नेल अक्टरलोनीलाई "नेपालीलाई मित लगाउने भन्नु पर्छ विश्वास गर्छन् " भनी सुझाब दिएछन्। अनि अक्टरलोनीको सहमतिबाट अङ्रेज सेनाका दूतहरु बडाकाजीका मातहतका अधिकृतहरुलाई भेट गरी मित लगाउने प्रस्ताव गर्छन्।

अङ्रेज सेनाका जासुस दूतहरुले बडाकाजीको वीरताको ठूलो प्रशंसा गरी अङ्रेज सेनाका कर्नेलले वीरसँग नाता गाँस्न चाहेको सुनाउछन्।

 सबैको कुरा सुनेपछि बडाकाजी पनि अङ्रेज सेनाका कर्नेलसँग दोस्ती बढाउन राजी हुन्छन् । दुबैतिरको सल्लाह मुताबिक बडाकाजीका छोरा काजी रामदास थापा र कर्नेल अक्टर्लोनीका छोरा अक्टर्लोनी जुनियरबीच मित लगाउने र दुई बाबाहरु "मित बाउ" बन्ने निर्णय हुन्छ ।

  दुबैतिरको बीचमा पर्ने स्थान र मिति तोकेर दुबै कमान्डरको  उपस्थितिमा बाहुन पढाएर-नेपाली धर्म शास्त्र अनुसार मित लगाउने काम सम्पन्न हुन्छ। उपहारको साटासाट पनि हुन्छ।

 यो दिन पछि कर्नेल अक्टरलोनी र उनको अफिसको पत्रसँगै आएका अङ्रेज सेनाका जासुसहरु नेपाली सेनाका ब्यारेकमा जान, बडाकाजीको दरबार पुग्न सजिलो हुन्छ। यो फाईदा उठाइ अङ्रेज सेनाले नेपाली सेनाको कमजोरी थाहा पाउछ।

मित लगाएकाे वर्ष सन् १८१३ हो भने १८१४ मा नेपाली सेनाको कमजोरी थाहा पाएरै त हाेला नेपालविरुद्ध अङ्रेज सेनाले हमलाको घोषणा गरी हाल्यो  ।  

 यो मितेरी साईनो देखावटी रुपमा नेपालको इज्जत बढाउने पनि भन्न सकिन्छ। तर, अङ्रेज सेनाकाे लुकेको स्वार्थ अर्कै थियो । नेपालले अङ्रेजसँग युद्ध हार्नुमा धेरै कारण मध्य यो  मितेरी साईनो पनि एक थियो।

 सन् १८१५ , मे १५ मा यिनै दुई मित बाबा बीच मलाउको किल्लामा सम्झौता भएपछि नेपालले सतलजदेखि महाकालीसम्मको भूगोल छाड्नु परेको थियो। एउटा मित बाबाले अर्को मित बाबालाई हराए ।  सायद याे मित साइनाे विश्व कै महँगाे मित साइनाे भन्दा फरक पर्दैन हाेला ।

  मित लगाउनु ठीक थियो थिएन  ? अहिले भन्न सकिने कुरो होइन। उस बेलाको कुरो हो । कसैलाई गाली गर्ने कुरो होइन। ईतिहास मात्रा पस्केको छु।

कमीकमजोरी मा सुझाब दिनुस्। सुधार्नेछु।

(तस्बिरमा : मलाउको किल्ला, बडाकाजी अमरसिंह र कर्नेल (पछि जनरल) अक्टरलोनी । यो किल्लामा म ३ पटका अध्ययन  भ्रमणमा  पुगेको छु)