काठमाडौं । साहित्यकारको परिचयसमेत बनाएका मणिराज सिंह माथि रकम हिनामिना गरेको आरोप लागेको छ । ज्योति साहित्य प्रतिष्ठान र नेपाली लेखक संघ काठमाडौंको अध्यक्षसमेत रहेका सिंहले भानु स्रष्टा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०७४ असोज ५ गते देखि २०७५ पुस २४ सम्म उठेको ८ लाख ३२ हजार ७५६ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । पुरुषोत्तम पराशरले फेसबुकमा २०७८ माघ १९ गते एक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् ।
सिंह यस सहकारी संस्थाको पूर्व अध्यक्षसमेत रहिसकेका व्यक्ति हुन् । फेसबुक स्टाटसमा यसरी हिनामिना गरेको रकमको ब्याज ३ लाख ६९हजार ५३६ भएको उल्लेख छ । उनको नाममा साँवा र ब्याज गरी १२ लाख २ हजार २९२ रुपैयाँ हिनामिना गरेको भनिएको छ । यसको अलवा सिंहको जिम्मामा ३७ हजार पिटी क्याससमेत रहेको पराशरको स्टाटसमा उल्लेख छ ।
सिंह अहिले महोत्तरीको बसभिटीमालुकेर बसेको र बारम्बार फोन सम्पर्क गर्दा नउठेको पराशरको आरोप छ ।यसको अलवा सम्पर्क हुनसक्ने आशंकाले फोन नम्बरहरू परिवर्तन गरिरहेको र लेखकहरूको पसिनाको कमाइ खान खोजेको आरोप पराशरले लगाएका छन् । उनले लेखेका छन् ‘लेखकको पसिना खान खोज्ने यस्तो लुच्चो व्यक्तिलाई सबैले साहित्यिक बहिस्कार गरौँ ।’ साथै भानु स्रष्टा बचत तथा ऋण सहकारी संस्था लिको रकम असुल उपर गर्न सल्लाह दिनुहुन सबैमा अनुरोध गरिन्छ भनि सबैमा आव्हान गरेका छन् । सिंह राष्ट्रिय वाणिज्य बैंकको छैटौँतहबाट सेवा निवृत भएका कर्मचारी हुन् ।‘सेवामा रहँदा पनि उनको छवि राम्रो थिएन, ऊ साह्रै लुच्चो थियो । जता पनि काममा भन्दा भ्रष्टाचारमा मात्र उसको ध्यान हुन्थ्यो ।’ त्यसैले ऊ शाखा प्रमुख हुनमा मरिहत्ते गरेर लागि पर्ने गरेको ती सहपाठीको भनाइ छ ।
यस बारेमा सामाजिक संजालमा अनेक किसिमका टिप्पणी आएका छन् । धेरैले उनको यो स्वभाव लुच्चो भएको र एउटा अधिकृतको परिचय बनाएको मान्छे यति तल गिर्न नहुने प्रतिक्रिया दिएका छन् भने केहीले आरोपको विषयमा बोल्न र यसको यथार्थता बारे उजागर गर्न र सफाई लिन सुझाएका छन् । उनको ‘ओ चन्द्रमा’ नामक कविता संग्रह प्रकाशित छ ।



