🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वकोषाध्यक्ष पौडेलले पनि त्यागे राप्रपा, भन्छन्- दु:खी र भावुक छु

 

काठमाडौं, २६ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको भोलिपल्ट पौडेलले पनि पार्टी छाडेका हुन् । 

 उनले आफूले राप्रपालाई एकताद्ध बनाउन प्रयास गरेको भए पनि सफल हुन नसकेकोमा दु:खी र भावुक भएको उल्लेख गरेका छन् । 

समाजिक सञ्जालमा पौडेलले लेखेका छन्, 'राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु ।

राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजै देखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् !'

अध्यक्ष हुँदा थापाले पौडेललाई राप्रपाको कोषाध्यक्षमा नियुक्त गरेका थिए । तर महाधिवेशनमा जित हात पारेका राजेन्द्र लिङ्गदेनले चुनावी प्रतिस्पर्धा नगरेका पौडेललाई कार्यसमितिमा मनोनियत गरेका थिएनन् । 

न्युज कारखाना