🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानो मृत्यु

 

बाँके, ९ फागुन : बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा फागुन ८ गते आइतबार राति ट्रक पल्टीदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वि.सि रहेकी छन् । 

शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टीदा बि.सि च्यापिएकी थिइन् ।

घाइते भएकी वि.सिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । 

गएराती १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।

न्युज कारखाना