नेपालका भ्रष्टाचारीहरूले आपूmले गरिरहेको भ्रष्टाचार संघीय संरचनामा गएपछि कम होला भनेर संघीयतालाई गर्भमा नै घा“टी निमोठेका छन । नागरिकताको प्रमाणपत्र दिने जिल्ला प्रशासन कार्यालय जसले हरेक १६ बर्ष पुगेका नागरिकसंग कम्तीमा ५ सय घुस लिन्छन् । जिल्ला मालपोत कार्यालय जसले हरेक जग्गाधनीसंग कम्तीमा १ हजार घुस खान्छन् । जिल्ला अदालत जसले हरेक मुद्दामा कम्तीमा ५ हजार घुस खान्छन् । यी भ्रष्टाचारी अड्डा कायम रहने र दुई दिन लाएर जनताले जिल्ला सदरमुकाम धाई रहनु पर्ने हो भने संघीयता अर्थ के ? अझ अहिले आएर त सबै चलिरहेका सरकारी अड्डाहरू यथाबत रहने रे ? जसले नेपालमा ६० बर्षदेखि भ्रष्टाचार बहेक अरु केही काम गरेकै छैनन् । अहिले आएर कोही पनि स्थानीय तहमा नजाने भने पछि संघीयता समाप्त भएन त ?–विदुर भारती




