🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमानलाई वशमा राख्न खोज्दा दुई करोड डुब्यो 

एक खबरका अनुसार, भारतको गाजियावादस्थित मुरादनगरमा एक एमबीबीएस डाक्टरले २ करोडको दाऊ लगाइन् । ५५ बर्षीया एमबीबीएस महिला डाक्टरले जब आपूm रु. २ करोड ठगिएको महसुस गरिन तब यूपी पुलिसमा यसको शिकायत दर्ज गराइन । हो, यी महिला डाक्टरलाई ठग्ने अरु कोही नभएर एक तान्त्रिक बाबा हुन् । महिला डाक्टरले आफ्नो श्रीमानलाई काबुमा राख्न तथा छोराको सरकारी जागिरको समस्याको समाधान गर्न भन्दै तान्त्रिकलाई गुहारेकी थिइन । तान्त्रिकले पनि तन्त्र मन्त्रले यो सबै ठीक गरिदिने बाचा गरेका थिए ।

यसको फाइदा उठाउँदै तान्त्रिकले यी महिलासँग ६४ लाख रुपैयाँ र डेढ किलो सुनचाँदीका गहना ठग्न सफल भयो । खबरका अनुसार, तान्त्रिकले महिलालाई दुई करोडभन्दा बढीको चुना लगाइदिएको छ । प्रहरीले हालै तान्त्रिकलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ । सुनिता शर्मा नामकी यी चिकित्सक मुरादनगरको अग्रसेन बजारनिवासी हुन् । उनको श्रीमान पनि पेशाले चिकित्सक नै हुन्, जोसँग उनको सम्बन्ध विच्छेद भएको थियो । उनी त्यहीँको कोलोनीमा एक प्राइभेट क्लिनक खोलेर बसेकी थिइन । उनी तान्त्रिकको बहकावमा आएर यस्तो गरेको बताएकी छिन् ।