🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘साँघु’ को समाचारअनुसार नै प्रधानमन्त्रीले सिण्डिकेटबिरुध्द कदम चाले

काठमाडौं, चैत्र १६ \\   केही हप्ताअघि मयुर यातायात बस सेवाले ऐन,नियमबमोजिम र सरकारी प्रकृयाहरु पूरा गरी रिङ्गरोड घुमेर बनेपा रुटमा सुविधायुक्त आधुनिक बसहरु चलाउनथाल्यो।

“यो रुटमा कसैलाइ चलाउन दिंदैनौं” भन्दै यातायात ब्यवसायी महासङ्घले भयङ्कर राक्षसी दादागिरी देखायो।

सो रुटमा लामो समयदेखि कब्जा जमाउँदै आएका अरनिको लगायत यातायात व्यवसायीहरुले सेवा नै रोकेर आन्दोलन गर्न लागेका हुन्। मयुरले वाइफाई सहितको २४ वटा बस चैत १ गतेदेखि सो रुटमा चलाउन थालेको छ। वाइफाईको सुविधासहित मयुरले १० वर्षमुनिका बालबालिका तथा ६५ वर्ष माथिका वृद्ध/वृद्धालाई नि:शुल्क सेवा दिँदै आएको छ। 

यात्रुहरुले मयुरकै सेवा मन पराएपछि सो रुटमा लामो समयदेखि कब्जा जमाउँदै आफ्नो एकलौटी बिर्ता बनाउँदैआएका अरनिको लगायत यातायात व्यवसायीहरुले मयुर बस सेवाका बसलाइ ढुङ्गामुढा, तोडफोड गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले यातायात व्यवस्था विभागलाई पत्राचार गरी देशभरिका सिन्डिकेट तोड्न कडा कदम चाल्न निर्देशन दिएको थियो। 

यातायात ब्यवसायी महासङ्घको दादागिरीको बिषयमा sanghunews.com  ले समाचार र लेखहरुमार्फत् बहस चलाएको थियो।

Sanghunews.com  का समाचार, लेख र बहसको परिणाम अहिले देखिएको छ। यातायात ब्यवसायीको सिण्डिकेटबिरुध्द प्रधानमन्त्री कडा रुपमा प्रस्तुत भएका छन्।

यातायात व्यवस्था विभागलाई प्रधानमन्त्री कार्यालयले सोझै पत्र लेखेको छ। पत्रमा भनिएको छ, “नयाँ व्यवसायीले बस ल्याए सहज रुपमा उसले मागेकै रुटमा अनुमति दिनू, यातायात समितिहरुसँग सम्बन्ध नै नराख्नू ।”