🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सकसमा कांग्रेस र माओवादी  

काठमाडौं । २०७८ चैत ११ गते शुक्रबारबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिराखेको छ । यो बैठकले कांग्रेस आगामी तीन तहकै निर्वाचनमा कसरी प्रस्तुत हुने सम्बन्धमा निर्णय गर्ने भएकाले आमजनताको समेत चासो रहेको छ । संस्थापन पक्षका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि सत्तारुढ गठबन्धनमार्फत नै तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई सहभागी गराउने पक्षमा छन् । तर, डा. शेखर कोइराला नेतृत्वको संस्थापन इतर पक्ष भने तीन तहकै निर्वाचनमा नेपाली कांग्रेस प्रतिस्पर्धामा उत्रिनुपर्छ भन्ने पक्षमा छ । 

 संस्थापना इतर पक्षलाई आफ्नो अडानको पक्षमा ल्याउन सभापति देउवाले प्रतिपक्ष नेता केपी ओली र सरकारकै एउटा घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भूत देखाएर तर्साउने कसरत गरिराखेका छन् । ओली नेतृत्वको नेकपा एमाले र दाहाल नेतृत्वको माओवादी केन्द्र मिलेर चुनाव लडे भने नेपाली कांग्रेसको दुर्गति २०७४ सालको चुनावमा जस्तै हुने भन्दै एमाले र माओवादीलाई चुनावमा एक ठाउँमा आउन नदिन र नेपाली कांग्रेसले राम्रो परिणाम ल्याउनका लागि पनि सत्तारुढ गठबन्धनमार्फत नै चुनाव लड्नुपर्ने तर्क गरिराखेका छन् । 

 प्रधानमन्त्री देउवासँगै सरकारको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिगमनको संकट अझै नटरेको भन्दै तीनै तहको निर्वाचन सत्तारुढ गठबन्धन एक ठाउँमा आएर लड्नुपर्ने अडान राख्दै आएका छन् । यदि नेपाली कांग्रेस तीन तहकै निर्वाचन सहमतिमा लड्न सहमत भए संघीय निर्वाचन गठबन्धनले कसरी लड्छ भन्ने प्रश्न अहिलेबाट नै उठ्न गएको छ । 

  १६५ स्थान रहेको प्रत्यक्षतर्फ २०७४ सालमा सम्पन्न भएको आमनिर्वाचनमा नेपाली कांग्रेसले २३ स्थानमा विजय प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ३६ स्थानमा विजय प्राप्त गरेको थियो । यसैगरी अहिले सरकारको नेतृत्व गरिराखेको र चुनावी गठबन्धनको नेतृत्व गर्ने भनिएको नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न भएको आमनिर्वाचनको प्रत्यक्षतर्फ २३ स्थानमा विजय प्राप्त गरेको थियो । यो स्थितिमा सत्तारुढ गठबन्धनका पाँच दलले प्रत्यक्षतर्फको स्थानको भागवण्डा कसरी गर्छन् र प्रत्यक्षतर्फको आमनिर्वाचनमा कुन दलले नेतृत्व गर्छ भन्ने प्रश्न उठ्न गएको छ । 

   प्रत्यक्षतर्फ २०७४ सालमा सम्पन्न भएको आमनिर्वाचनमा एमालेले ८० स्थानमा विजय प्राप्त गरेको थियो । नेकपा एमालेको वास्तविक उत्तराधिकारी नेकपा एकीकृत समाजवादी रहेको उल्लेख गर्दै अध्यक्ष माधव नेपालले संघीयतर्फको प्रत्यक्ष निर्वाचनमा मात्र होइन, स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले २०७४ सालमा विजय प्राप्त गरेका स्थानहरुमा आफूहरुले उम्मेद्वारी दिन पाउनुपर्ने दाबी गर्न थालेको छ । यस सम्बन्धमा माओवादी केन्द्रले अहिलेसम्म मुख नखोलेको भएपनि २०७४ सालको आमनिर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसभन्दा १३ सिट जितेको आधारमा संघीय निर्वाचन आफ्नै नेतृत्वमा सत्तारुढ गठबन्धन चुनावी मैदानमा उत्रिनुपर्ने अडान राख्ने निश्चित छ ।