🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मधेसी दल ‘राजपा’लाई संकट नै संकट 

काठमाडौं÷ राजापभित्र निर्वाचन चिन्ह त टुंगो लाग्यो तर निर्वाचन चिन्हकै कारण राजपा स्थानीय निर्वाचनमा कमजोर हुदैछ भन्ने चर्चा सुरु भएको छ । उसले पाउने मत नै बाँडिने अवस्था आएका कारणले दुई नम्बर प्रदेशमा राजपाभन्दा बलियो शक्तिका रुपमा संघीय समाजवादी फोरम र नेपाल लोकतन्त्रिक फोरम बन्ने अवस्था देखिन थालेको  छ । निर्वाचन चिन्ह साइकल लिएर निर्वाचनमा होमिन लागेको राजपालाई त्यो साइकलले भने गतिलो यात्रा तय नगराउने चर्चा मधेसतिर सुरु भएको छ । 
 यसरी साइकलको गुडाईले काम नगर्ने अवस्था आएको बताइन्छ । राजपा गठन हुँदाका ६ वटा दलहरू तमलोपा, सद्भावना, संघीय सद्भावना, फोरम गणतान्त्रिक, रामसपा, तमसपा संसदमा रहेका दल भएकोले निर्वाचन आयोगले छापेका मतपत्रमा ती सबै दलका निर्वाचन चिन्ह रहेका छन् ।  राजपाभित्र तमलोपाको हल गोरु र सद्भावनाको तीर चिन्ह लिने तयारी थियो । विगतको निर्वाचनमा धेरै मत ल्याएका दलको चिन्ह लिने भन्दै त्यो तर्क आएको थियोे । तर, तमलोपाको हल गोरु सप्तरी र सद्भावनाको तीर धनुषा जिल्ला निर्वाचन कार्यालयमा दर्ता नभएकाले त्यही चिन्ह दौडबाट बाहिरिए । 
  फोरम गणतान्त्रिकसंग मत नै नभएकोले त्यो पार्टीको चिन्ह चर्चामा नरहेको स्रँेतले बतायो । संघीय सद्भावनाको पञ्जा छाप हात चिन्ह भने अदालतमा मुद्दा चलिरहेकोले विवादित चिन्ह थियो । त्यसपछि बाँकी रहेका रामसपाको साइकल तराईका सबै जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएकोले त्यही चिन्ह लिने निर्णय भयो । तर, दुर्भाग्य ती सबै निर्वँचन चिन्ह  मतपत्रमा छापिएको छ । निर्वाचन आयोगले मतपत्र पुनः नछाप्ने भनेपछि ती सबै चिन्हमा मतदाताले मत हाल्नेछन् । पहिलादेखि मत हाल्दै आएका कारणले राजपाका पूर्व दलका कार्यकर्ता र नागरिकले आपूmले रोजेको ६ वटै मतपत्रमा मत हाल्ने अवस्था आउने भएकोले स्वतः मत संख्या घट्ने छ । 
जसले गर्दा राजपाका निर्वचित सदस्यको संख्या कम हुने अनुमान गर्न थालिएको छ । अहिले राजपाभित्र यही तनाब बढेको छ । अर्काातिर, राजपा नेपालभित्र निर्वँचन चिन्हको विवाद सल्टिएसँगै उम्मेदवार छनौट विवाद बढ्न थालेको छ । केन्द्रीय प्रतिनिधिलाई जिल्लाको संंयोजक तोकेर राजपाको पादधिकारी वैठकले उम्मेदवार छनौट गर्न पठाएको छ । २०७४ भदौ १३ गतेभित्र ८ वटा जिल्लाका १३६ स्थानीय तहका उम्मेदवार ती संयोजकको टोलीले टुंगो लगाउने छ । तर, राजपाभित्र यति धेरै आकांक्ष्ँी देखिएका छन कि तिनलाई सम्हाल्न नै समस्या देखिएको छ । 
 निर्वँचनको मुखमा देखिएको यो चर्किदो विवाद सल्टिएन भने संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमलाई फाइदा हुनेछ । वीरगञ्ज महानगरको मेयरको आकांक्षीको समूहबीच त झडप नै भइसकेको छ । पूर्व ६ दलका सबै नेताहरू मेयरका लागि आकांक्षी देखिएपछि समस्या सल्टाउ नै समस्या भएको खबर छ । वीरगञ्जको कुमु प्यालेस होटल मेयरका आकांक्षी विजय श्रीवास्तव र राजेन्द्रसिहको समूहवीच कुटाकुट नै भएको छ । अहिले यस्तै विवाद वाराको सिमरा–जितपुर उपमहानर, कलैया उपमहानगर, जनकपुर नगरपालिकामा पनि देखिएको छ । सिमरा–जितपुर उपमहानगरमा  महामन्त्री जितेन्द्र सोनलको राजीतिक प्रभावका कारण उनको चाहना अनुसार मेयरले टिकट पाउनेछन् । साथै, राजविराज नगरपालिकामा पनि समस्या थपिएको छ । निर्वाचनमा जान नहुने भन्दै पदाधिकिारी वैठकमा फरक मत राखेका महामन्त्री मनिष सुमन खासमा राजविराजको मेयरका आकंक्षाी हुन् । तर, केही दिन अघिको पदाधिकारुी वैठकमा फरकमत राखेपछि मनिषको नैतिक बल कमजोर भएको बताइन्छ । जसले गर्दा सप्तरीमा बलियो र पूर्व सद्भावनाको समूह रक्ष्ाँत्मक भएको छ ।