🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निजामती सेवा ऐन, मापदण्ड मिचेर मनपरी सरुवा

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले २०७४ भदौ १४ गते बुधबार राति हचुवाका भरमा १ सय ३ उपसचिवको सरुवा गरेको खबर छ । सरुवामा निजामती सेवा ऐन, मापदण्ड सबै मिचिएको गुनासो छ । राति गरिएको सरुवामा यातायात र मालपोतका सबै उपसचिव झिकिएको छ । तर, ५ बर्ष पुगेकालाई सरुवा नगरी निजामती सेवा ऐन विपरीत २ बर्ष पनि नपुगेका उपसचिवको सरुवा गरिएको गुनासो छ । निजामती सेवा ऐन विपरीत पदस्थापन वा सरुवा भएको २ बर्षसम्म सरुवा गर्न नपाउने ब्यवस्था छ । तर सुरु पदस्थापन भएको १ बर्ष पनि नपुगेका उपसचिवलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ । स्थानीय तहमा सरुवा गर्दा जनसम्पर्क हुने कार्यालयमा ५ बर्षभन्दा बढी कार्यरत शक्तिशाली उपसचिवलाई चलाइएको छैन । आपूर्ति, गृह, श्रम जस्ता मन्त्रालयमा कार्यरत सोझा कर्मचारीलाई स्थानीय विकासमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले दलालहरुबाट घुस लिंदै भ्रष्ट र चल्ताफिर्ता उपसचिवलाई सरुवा नगरी सोझासोझलाई छानीछानी सरुवा गरेको आरोप छ ।

\"\"\"\"\"\"\"\"

मन्त्रीको नाममा शाखा अधिकृत लीला काफ्लेले सरुवा गर्ने भन्दै डन प्रवृत्तिका जनसम्पर्क हुने कार्यालयमा बसेका करोडपति उपसचिवहरुबाट शुभलाभ लिएर सोझाहरुलाई स्थानीयमा लखेटिएको छ । काफ्ले माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका नेता हुन् । मन्त्री बस्नेतको नाममा उनैले डन प्रवृत्तिका उपसचिवहरुबाट घुस संकलन गरेर मनपरी सरुवा गरेको आरोप छ । यातायात र मालपोतका भ्रष्ट उपसचिवहरुले दलाल प्रमोद खड््कामार्फत् सचिव मोहनकृष्ण सापकोटालाई भेटी चढाएर यथावत रहन सफल भएका छन् । जस जसले लीला काफ्ले र दलाल प्रमोद खड्कालाई घुस बुझाए उनीहरुको सरुवा भएको छैन । तर जसले बुझाएनन्, वा बुझाउन सकेनन्, सोझा थिए, उनीहरुको स्थानीय तहमा सरुवा गरिएको गुनासो ब्याप्त छ । स्थानीय तहमा नजानका लागि चल्ताफिर्ता उपसचिवहरुले अधिकृत काफ्ले र सापकोटाका दलाल खड्कालाई १० लाख रुपैयाँसम्म खर्च गरेको भूमिसुधार मन्त्रालयका एक अधिकारीले बताए । मालपोत, यातायात, बैदेशिक रोजगार विभाग जस्ता कार्यालयमा ५ बर्षसम्म काम गरिसकेकाहरुलाई भ्रष्टहरुलाई चाहिं चलाइएको छैन । तर सरुवा वा पदस्थापन भएको ६ महिना भएका उपसचिव पनि सरुवामा परेको गुनासो छ । ऐन नियम र मापदण्ड मिचेर सरुवा गरिएपछि टे«ड युनियनहरुको टोली २०७४ भदौ १५ गते सामान्य प्रशासन मन्त्रालयमा पुगेर मन्त्री र सचिवलाई जथाभावी सरुवा बदर गर्न ध्यानाकर्षण गराएको खबर छ ।