🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवसरदाता ‘श्रीकृष्ण’ !

 राजा युधिष्ठिरले कान्छोभाई सहदेवलाई द्वारिका पुगेर कृष्णलाई दिन भनी एउटा चिठी थमाउँछन् । चिठी बोकेर सहदेव घोडामा सवार हुन्छन् । बाटोमा घनघोर पानी पर्छ । छाता हुँदैन उनीसंग । तर पनि बाटोमा नरोकिइकनै उनी द्वारिका पुग्छन् । जब सहदेव द्वारिका पुग्छन रत्ति पनि नरुझेको देखेर कृष्ण सोध्छन्– ‘‘इन्द्रप्रस्तबाट यहाँसम्म बिनाछाता नरुझीकनै कसरी आयौ सहदेव ?’’

तरवारबाज सहदेवले हावामा तरवार नचाएर देखाउँदै भन्छन्–‘‘यो तरवारलाई आकाशमा यसरी फन्फनी घुमाउँदै आएँ ।’’
उसको तरवार कलाबाट कृष्ण भयभित हुन्छन् । तुरुन्त सहदेवको तरबार माग्छन् र भन्छन्– ‘‘मलाई बचन देउ कि कौरवसंगको युद्धमा तिमीले तरवार उठाउने छैनौ ।’’ बचनवद्ध अवाक् सहदेवले कृष्णलाई तरवार थमाउँछ ।

कृष्णलाई डर थियो कि सहदेव एकलैले कौरवको पूरा विनाश गर्दियो भने अर्जुन र भीमको प्रतिज्ञा पूरा हुँदैन ।
महाभारत युद्धलाई एकलै सिध्याउन सक्ने सामथ्र्य भएका धेरै जना थिए । ती सबैलाई विभिन्न वहानामा कृष्णले हटाउँदै लगे । उनी चाहन्थे महाभारतको हिरो अर्जुन बनोस् । भीमको प्रतिज्ञा पूरा होस् ।

योग्य हुँदैमा इतिहास बनाउन सकिन्छ भन्ने होइन । योग्यहरू हमेशा राजनीतिको छायाँमा परेका हुन्छन् । हरेक इतिहासमा कृष्ण हुन्छन् र तिनले रोजेका पात्रले मात्रै हिरो हुने अवसर पाउँछन् ।