🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस नेतृत्वको गठबन्धनका तीन चुनौती, तीन स्वार्थ

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकको स्थानीय निर्वाचनमा पार्टीलाई ठूलो दल बनाउन चाहेका छन् । 

अघिल्लोपटक उनकै नेतृत्वमा कांग्रेस स्थानीय निर्वाचनमा जाँदा एमालेसँग हा¥यो । हारको दोष पार्टीको संस्थापनइतर पक्षले उनीमाथि नै थोपरीदिए । 

राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार यसपटक देउवा पार्टीलाई पहिलो बनाएर जस लिन चाहन्छन् । त्यसकै लागि संसद् मा रहेका बाँकी चार दलसँग मोर्चाबन्दी कसेका हुन् । 

तर, गठबन्धनमा चुनावी तालमेल गर्न देउवासामु तीनवटा चुनौती रहेको विश्लेषण डा. दाहालको छ । 

पहिलो–निर्वाचनमा डा. शेखर कोइराला पक्षलाई सिट बाँडफाँट, दोस्रो–गठबन्धनका बाँकी चार घटकलाई सिट बाँडफाँट र एमालेसँग प्रतिस्पर्धा । 

हुन् पनि शेखर पक्ष चैतको दोस्रो साता सकिएको पार्टी केन्द्रीय समिति बैठकमै चुनावी तालमेलको विपक्षमा उभियो ।

मुख्य प्रतिस्पर्धी दल एमाले दुई टुक्रा भएको अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत अघि सा¥यो । तर, बहुमत केन्द्रीय सदस्य गठबन्धनको पक्षमा उभियो र फरक मत मात्र शेखर पक्षको दर्ज भयो ।

राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी पनि दाहालको तर्कमा सहमति जनाउँदै भन्छन्, ‘स्थानीय निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको राजनीतिक प्रतिरोध गर्न पनि एमाले नेतृत्वमा अर्को बलियो गठबन्धन बन्ने देखिन्छ । यो चुनौती हुन सक्छ ।’

तर, अहिले पनि शेखर पक्षले चुनावी तालमेलको विरोध गरिरहनुको कारण गठबन्धनका दलहरूबीच स्थानीय तह भागबण्डा गर्दा कांग्रेसले पाउनेमध्येबाट भाग लिन भइरहेको ‘बार्गेनिङ’को रूपमा  दाहाल लिन्छन् । देउवाका लागि यो एउटा चुनौती भएको उनले बताए ।

गठबन्धनमा रहेका बाँकी चार दलमध्ये पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध डा. शेखर पक्षीय नेताहरू आक्रोश पोखिरहेका छन् । 

आक्रोश पोख्नेहरू उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापादेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सभापतिसम्म छन् । गठबन्धनमा रहेकै दल र तिनका नेताविरुद्ध यसरी निरन्तर गठबन्धनमा दरार आउनेगरी आक्रोश पोखिरहँदा देउवाले रोक्न सकेका छैनन् । 

गठबन्धन ‘मोडालिटी’ पनि तयार भएको छैन । तर, स्थानीय आवश्यकताअनुसार तालमेल गर्नेगरीको ‘मोडालिटी’को पक्षमा कांग्रेस छ । 

यसप्रति माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीदेखि राष्ट्रिय जनमोर्चा त्यति सन्तुष्ट देखिएका छैनन् । यसलाई पनि डा. दाहाल चुनौतीको रूपमा लिन्छन् । 

र, बलियो प्रतिस्पर्धी एमाले छ । एमाले नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) गठबन्धन बन्ने सम्भावना बढेको छ । गठबन्धन बने देउवा नेतृत्वको गठबन्धनलाई जित्न अर्को चुनौती थपिने उनले बताए ।

अर्का राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी पनि दाहालको तर्कमा सहमति जनाउँदै भन्छन्, ‘स्थानीय निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको राजनीतिक प्रतिरोध गर्न पनि एमाले नेतृत्वमा अर्को बलियो गठबन्धन बन्ने देखिन्छ । यो चुनौती हुन सक्छ ।’

यसरी दुई ठूला गठबन्धनको दिशामा दलहरू जानुलाई दुई कारण रहेको केसीलाई लागेको छ । पहिलो, सत्ता स्वार्थ र दोस्रो, कांग्रेस–एमालेको पहिलो बन्ने र अन्य दलको अस्तित्व जोगाउने उद्देश्य । 

यही कारण सैद्धान्तिक र वैचारिक बेमेल पार्टीहरूबीच निर्वाचनमा गठबन्धन बनेको हो ।

स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ । 
न्युज कारखाना