🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

झिनो अंकले बढ्यो नेप्से 

न्युज कारखाना

काठमाडौ‌ ।  नेपाल सेयर बजार नेप्से मंगलबार झिनो अंकले बढेको छ । आज बजार १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २५ मा आएर बन्द भएको छ। कारोबार रकममा भने सोमबारको तुलनाभन्दा २१ करोड कम भएको छ। 

आज २२९ वटा कम्पनीको २७६ हजार आठ सय ४१ सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ३२ करोड बराबरको भएको छ। आज दिनभर धेरै अंकको तलमाथि गरे पनि बजार बन्द हुने बेला १३ अंक मात्र बढेको छ। 

आज अत्यधिक बढ्नेमध्ये नेश्डो लघुवित्त र ग्रिनभेन्चर १० प्रतिशत बढेको छ । हिमालयन ऊर्जा ३५० मा र नयाँ सारथी लघुवित्त ३ दशमलव ८१ प्रतिशतले बढेर ९५५ मा अन्तिम कारोबार भएको छ। 

अत्यधिक घट्नेमध्ये दिव्यश्वरी हाइड्रोपावर ८ दशमलव ८२ प्रतिशतले घट्दा २४८ मा, कालिका लघुवित्त ३ दशमलव ६४ प्रतिशतले घटदा १२७० मा प्रुडेन्सियल इन्स्युरेन्स २ दशमलव ९९ प्रतिशतले घट्दा ५४८ दशमलब १ मा र स्वाबलम्बन लघुवित्त २ दशमलव ३८ प्रतिशतले घट्दा ११५० मा अन्तिम कारोबार भएको छ ।

आज नबिल बैंक ६ करोड ३० लाख बराबर, हिमालयन डिस्टिलरीको चार करोड ३५ लाख बराबर र महालक्ष्मी बिकास बैंकको तीन करोड ८३ लाख बराबरको कारोबार भएको छ ।