🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा बढ्न थाल्याे कोरोना, थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

 

नयाँ दिल्ली, १० बैशाख (रासस/ एएनआई)

कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।  सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन । 

संघीय स्वास्थ्य मन्त्रालयले दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ ।  यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना सङ्क्रमित भएको देखिएको थियो । मृतकको सङ्ख्या २०७९ वैशाख १० गते शनिबार भन्दा बढी ५४ रहेको थियो । 

पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ । 

मन्त्रालयका अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १५ हजार ७९ रहेको छ ।  —